सुवासले ल्याए आत्महत्या निरुत्साहित गर्ने गीत (भिडियो)

काठमाडौं । सुवास केसीको स्वरमा ‘दिनपछि रात’ बोलको सन्देशमुलक म्युजिक भिडियो सार्वजनिक गरिएको छ। करिब आठ मिनेट लामो भिडियोमा अहिलेका युवाहरुलाई लंक्षित गरेर आत्महत्या गर्न नहुने सन्देश दिन खोजिएको छ। उमेरको जोशमा होस गुमाउँदा आउने परिणामको अन्तिम विकल्प आत्महत्या होइन भन्ने सन्देश भिडियोले दिन खोजेको छ।
आत्महत्या समस्याको समाधान नभएको गायक केसी बताउँछन। भिडियोबारे गायक केसी भन्छन,’समस्या आइपर्दा कहिलेकाँही हामी के गर्ने के गर्ने छुट्याउन सक्दैनौ। अनि समस्याको अन्तिम समाधान हामी आत्महत्या हो भन्ने सोच्छौ। यो समस्या विशेषत युवाहरुमा बढी देखिने गर्दछ। उनीहरुलाई यो उमेरमा सही गाइड गर्ने व्यक्तिको खाँचो हुन्छ। त्यसैले अहिलेका युवाहरुलाई प्राथमिकतामा राखेर यो भिडियो बनाएको हो।’
‘मर्ने त मरेर जान्छन। तर कति दुख गरेर हुर्काएका ती आमाबुवामा यहाँ के बित्छ त्यो मरेर जानेले सोच्दैनन। हरेक समस्याको समाधान हुन्छ। त्यसैले मर्नुभन्दा बाँचेर समस्यासँग लड्नु ठिक हो भनेर पर्दामार्फत देखाउने खोजेको छु,’उनले जोडे।
सार्वजनिक गीतको भिडियोमा योगेश सिंह, विशाल गिरी, दिवाकर घिमिरे, किरण शाही ठकुरी, मञ्जु गिरी, आदि लगायतका कलाकारले अभिनय गरेका छन।
गीतमा गणेश सुबेदीको शब्द छ। सन्दिप कार्कीको म्युजिक तथा एरेन्ज रहेको गीतमा रुबिन शाहीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। पृथक रेकर्डसमा रेकर्ड गरिएको गीतमा नगेन्द्र राईको बाँसुरी, रोहित शर्माको असिस्टेन्ट क्यामरा र मिलिन्द शाक्यको साउन्ड छ। भिडियोलाई निर्देशक महेश केसीले निर्देशन गरेका छन। भिडिओको सम्पादन पनि उनी स्वयंले गरेका हुन।
भिडियो सुवास केसीको आफ्नै आधिकारिक युट्उब च्यानल ‘इम्पेरिओ एजुकेसन’ मार्फत सार्वजनिक गरिएको छ। उनी इम्पेरिओ एजुकेसनका संस्थापक हुन। यो उनको पहिलो सृजना भने होइन । उनले दुई वर्ष अगाडि ‘चम चम’ बोलको गीत निकालेका थिए। गीतको भिडियोमा उनी आफैले अभिनय गरेका थिए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार २२:५६ललितपुरकी तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको ताज
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार १६:४१चलचित्र ‘बेहुली’को रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक
समाचार२०८३ भाद्र ७, आईतवार १३:४२वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
खेलकुद२०८३ भाद्र ७, आईतवार ०८:४५ला लिगामा रियल म्याड्रिडको विजयी शुरुवात









