पुरु राईको लेखन तथा निर्देशनमा शर्ट फिल्म ‘ओ यम जी’

काठमाडौँ। लेखक तथा निर्देशक पुरु रंकासु राईको शर्ट फिल्म ‘ओ यम जी’ यु ट्युब मा रिलिज गरिएको छ। बुद्दि तामाङ र सुदिप जंग कार्कीको अभिनय रहेको लघु चलचित्रले राजनीतिक नेताहरुलाई झटारो प्रहार गरेको छ। हेर्दा सामान्य लाग्ने तर गम्भीर कुरा मुभिले उठाउन खोजेको छ।
किरण राईको छायाँकन र सम्पादन रहेको ‘ओ यम जी’ मा अनिश श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक रहेको छ। उत्तम चन्द्र राईको निर्माणमा बनेको शर्ट मुभि ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। यो शर्ट फिल्म बिसेष सोच र सचेतनाको लागी निर्माण गरिएको लेखक तथा निर्देशक राईले बताए।
लामो समय देखि युके बस्दै आएका पुरु राई नेपाली कला क्षेत्रलाइ माया गर्ने व्यक्ति हुन् उनले युके बस्दा नेपाली चलचित्रलाई नियाली रहेका थिए। अहिले उनि नेपाल फर्केर चलचित्र क्षेत्रमा केहि गरौँ भन्ने उदेश्यका साथ काम गरि रहेका छन्। यस अघि एउटा शर्ट मुभी र म्युजिक भिडियोके निर्देशन गरि सकेका राई आफ्नै लेखन तथा निर्देशनमा फिचर फिल्म निर्माणको तयारीमा रहेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:४३सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो
खेलकुद२०८३ आश्विन २३, शुक्रबार २०:१९एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
समाचार२०८३ आश्विन २३, शुक्रबार १९:२२धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी









