सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

काठमाडौँ-सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट हटाएको छ ।

एआइजी दाहालले अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत सङ्गठनको मान, प्रतिष्ठा र छविमा आँच पुर्‍याएको कसुरमा आजदेखि लागू हुनेगरी सशस्त्र प्रहरी सेवाबाट हटाउनेगरी विभागीय कारबाही गरिएको गृह मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा एआइजी दाहालले आचरणसम्बन्धी प्रावधान बारम्बार उल्लङ्घन गरेको उल्लेख छ । गृह मन्त्रालयले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको भन्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहाललाई यही असोज १९ गते निलम्बन गरेको थियो ।

दाहालले पदीय आचरणविपरीतको कार्य गरेको भनी सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीको सिफारिस प्राप्त भएपछि उहाँलाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको थियो । मन्त्रालयले सोही दिन दाहाललाई निलम्बन गरी छानबिन गर्ने निर्णय गरेको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   5   =