गगन थापा कांग्रेस सभापतिमा निर्वाचित, खड्गीले पाए ३७५ मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित भएका छन्।
शुक्रबार भएको निर्वाचनको मतगणना काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न भएको हो।
महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमका अनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्।
सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। निर्वाचनमा ५४ मत बदर भएको थियो।
निर्वाचन समितिका अनुसार महाधिवेशनका कुल ७ हजार ३१७ प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए।
सभापति पदको मतगणना सकिए पनि अन्य पदका मतपेटिका भने पार्टी केन्द्रीय कार्यालय सानेपा लगिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22831, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २४, शनिबार ०५:५१गगन थापा कांग्रेस सभापतिमा निर्वाचित, खड्गीले पाए ३७५ मत
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:००डेनिस छन्त्याल (14SHOTS) को सम्झनामा पोखरामा बास्केटबल प्रतियोगिता, विजेतालाई १ लाख ५४ हजार पुरस्कार
समाचार२०८३ आश्विन २३, शुक्रबार ११:०६पोखरा–१४ मा जातीय विभेदको आरोप, इन्सेकद्वारा न्यायको माग
समाचार२०८३ आश्विन २२, बिहीबार १४:३७बालबालिका बेचबिखनमा आर्थिक अभावदेखि सामाजिक विभेदसम्म, उद्धारपछि पनि पुनःस्थापनाको चुनौती







