डेनिस छन्त्याल (14SHOTS) को सम्झनामा पोखरामा बास्केटबल प्रतियोगिता, विजेतालाई १ लाख ५४ हजार पुरस्कार

पोखरा । दिवंगत डेनिस छन्त्याल (14SHOTS) को सम्झनामा पोखरामा खुला पुरुष तथा भेट्रान्स बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ।
म्याग्दीको रघुगंगा गाउँपालिका–८, कुइनेमङ्गलेस्थित श्रीकृष्ण युथ क्लब र डेनिस छन्त्याल फेमिलीको आयोजनामा असोज २५ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगिता पोखराको लामाचाैरस्थित पुन मगर समाजमा हुने प्रतियाेगिता संयाेजक तथा क्लवका सचिव हिमाल छन्त्यालले जानकारी दिए ।
प्रतियोगितामा खुला पुरुषतर्फ प्रथम हुने टोलीले १ लाख ५४ हजार १४ रुपैयाँ र दोस्रो हुने टोलीले १ लाख १४ हजार १४ रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै, भेट्रान्सतर्फ प्रथम हुने टोलीले ६० हजार १४ रुपैयाँ र दोस्रो हुने टोलीले ४० हजार १४ रुपैयाँ प्राप्त गर्नेछन्। दुवै विधाका विजेता तथा उपविजेता टोलीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगितामा खुला पुरुषतर्फ ११ र भेट्रान्सतर्फ आठ टोली दर्ता भइसकेका छन्। प्रतियोगिताको खेल तालिका आयोजक क्लबको सामाजिक सञ्जाल पेजमार्फत सार्वजनिक गरिने आयाेजकले जनाएकाे छ ।
डेनिस छन्त्याल बास्केटबल खेलाडीका साथै श्रीकृष्ण युथ क्लबका सक्रिय सदस्य थिए। युट्युब तथा ब्लगमार्फत पनि सक्रिय रहेका उनको उपनाम ‘14SHOTS’ थियो। उनकै योगदानको सम्झना र सम्मानमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा खुला पुरुषतर्फ टिम दर्ता शुल्क १० हजार १४ रुपैयाँ र भेट्रान्सतर्फ ६ हजार १४ रुपैयाँ रहेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22827, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:००डेनिस छन्त्याल (14SHOTS) को सम्झनामा पोखरामा बास्केटबल प्रतियोगिता, विजेतालाई १ लाख ५४ हजार पुरस्कार
समाचार२०८३ आश्विन २३, शुक्रबार ११:०६पोखरा–१४ मा जातीय विभेदको आरोप, इन्सेकद्वारा न्यायको माग
समाचार२०८३ आश्विन २२, बिहीबार १४:३७बालबालिका बेचबिखनमा आर्थिक अभावदेखि सामाजिक विभेदसम्म, उद्धारपछि पनि पुनःस्थापनाको चुनौती
समाचार२०८३ आश्विन २१, बुधबार १०:४०‘कोडदेखि कांग्रेससम्म’ अवधारणासहित ई. सुदर्शन शर्माको केन्द्रीय सदस्यमा उम्मेदवारी







