प्रचण्ड,ओली र नेपालबीचको भेटवार्ता सकियो, नेपालले भने’ पार्टीमा छलफल गर्छु
काठमाडौँ- प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजबादीका अध्यक्ष माधब कुमार नेपाल बीच भेटवार्ता भएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली नेपाल निवास कोटेश्वर पुग्नु भएको थियो ।
यसअघि हिजो प्रधानमन्त्री प्रचण्ड मात्र उहाँको निवास पुग्नु भएको थियो । आज एमाले अध्यक्ष ओलीका साथै विष्णु पौडेल लगायतका नेताहरु नेपाल निवास पुग्नु भएको हो ।
नेपालसँगको भेटपछि भेटवार्ता सकारात्मक रहेको जवाफ अध्यक्ष ओलीलीले दिनु भएको छ ।
नयाँ सत्ता समीकरण बनेसँगै बामपन्थी दलहरु बीचको एकताको विषयले पनि चर्चा पाएको छ । तर बर्तमान गठबन्धनका विषयमा नेपाल नेृत्वतको एकीकृत समाजबादीले भने पर्ख र हेरको नीति अबलम्वन गरेको छ ।
उक्त पार्टीको हिजो बसेको सचिवालय बैठकले गूण र दोषका आधारमा नयाँ गठबन्धनलाई समर्थन गरिने निर्णय लिएको छ।
नेपाल निवास पुगेर ओली र प्रचण्डले नेपालको स्वास्थ्य अवस्था जानकारी लिदैँ चार दलीय गठबन्धमा सहभागी हुन र सरकारमा आउन आग्रह गर्नुका साथै बाम एकतालाई अघि बढाउने विषयमा छलफल गरेको अध्यक्ष नेपालको सचिवालयले जानकारी दिएको छ । नेपालले गठबन्धनमा सहभागी हुने नहुने विषयमा पार्टीमा थप छलफल पछि निर्णय गर्ने जवाफ दिएको सचिवालयले बताएको छ।
प्रचण्ड र ओलीले नेपाललाई भेटे लग्ततै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नेपाललाई भेटन कोटेश्वर पुगेका छन् ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
- समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास