निर्देशक समाजले गर्यो चलचित्रकर्मीलाई सम्मान

काठमाडौँ । नेपाल चलचित्र निर्देशक समाजले विभिन्न फिल्मकर्मीलाई सम्मान गरेको छ । १६ औँ वार्षिक साधारण सभाको अवसर पारेर आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्मान गरेको हो ।
कार्यक्रममा गीतकार तथा फिल्म निर्देशक यादव खरेललाई ‘दीर्घ साधना सम्मान २०८०’ बाट सम्मान गरिएको थियो । निर्देशक खरेल स्वास्थ्यका कारण कार्यक्रममा अनुपस्थित भएपछि उनका प्रतिनिधिलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

त्यस्तै नेपालको पहिलो रंगीन फिल्म ‘कुमारी’का निर्देशक प्रेमबहादुर बस्न्यातलाई ‘हिरासिंह खत्री स्मृति सम्मान २०८०’ बाट सम्मान दिइयो । समाजले निर्देशक आकाश अधिकारी, दिनेश डिसी र सम्झना उप्रेती रौनियारलाई ‘स्रष्टा सर्जक सम्मान २०८०’बाट सम्मान गरेको थियो।
यसैगरी निर्देशक रामबाबु गुरुङलाई फिल्म ‘कबड्डी कबड्डी ४’ बाट ‘डिरेक्टर अफ द इयर २०७९ (कमर्सियल)’ र सुजीत बिडारीलाई फिल्म ‘ऐना झ्यालका पुतली’बाट ‘डिरेक्टर अफ द इयर २०७९ (क्रिटिक)’ विधामा सम्मान गरियो । उनीहरूलाई अभिनेता राजेश हमालले सम्मान गरेका थिए ।
अभिनेता हमालले नेपाली फिल्म क्षेत्रका लागि आफू जहाँ जानुपरे पनि जान तयार रहेको बताए । ‘अहिले म खुला छु । त्यसकारण नेपाली फिल्मको वृत्ति विकासदेखि हरेक पक्षका लागि म तपाईंहरुसँग जहाँ जान पनि जान तयार छु’, उनले भने ।
समाजका अध्यक्ष जनकदीप पराजुलीले नेपाली फिल्म विकासका लागि निर्देशकको योगदानको स्मरण गर्दै फिल्म क्षेत्रको विकासका लागि सरकारी तवरबाट पनि चासो हुनुपर्ने बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार १५:२९निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु
समाचार२०८२ माघ २८, मंगलवार १४:४६निर्वाचनमा मतदाताको जिम्मेवारी र भूमिका
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार ११:२२उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै
समाचार२०८२ माघ २८, मंगलवार १०:२४नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान








