निर्देशक समाजले गर्यो चलचित्रकर्मीलाई सम्मान

काठमाडौँ । नेपाल चलचित्र निर्देशक समाजले विभिन्न फिल्मकर्मीलाई सम्मान गरेको छ । १६ औँ वार्षिक साधारण सभाको अवसर पारेर आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्मान गरेको हो ।
कार्यक्रममा गीतकार तथा फिल्म निर्देशक यादव खरेललाई ‘दीर्घ साधना सम्मान २०८०’ बाट सम्मान गरिएको थियो । निर्देशक खरेल स्वास्थ्यका कारण कार्यक्रममा अनुपस्थित भएपछि उनका प्रतिनिधिलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
त्यस्तै नेपालको पहिलो रंगीन फिल्म ‘कुमारी’का निर्देशक प्रेमबहादुर बस्न्यातलाई ‘हिरासिंह खत्री स्मृति सम्मान २०८०’ बाट सम्मान दिइयो । समाजले निर्देशक आकाश अधिकारी, दिनेश डिसी र सम्झना उप्रेती रौनियारलाई ‘स्रष्टा सर्जक सम्मान २०८०’बाट सम्मान गरेको थियो।
यसैगरी निर्देशक रामबाबु गुरुङलाई फिल्म ‘कबड्डी कबड्डी ४’ बाट ‘डिरेक्टर अफ द इयर २०७९ (कमर्सियल)’ र सुजीत बिडारीलाई फिल्म ‘ऐना झ्यालका पुतली’बाट ‘डिरेक्टर अफ द इयर २०७९ (क्रिटिक)’ विधामा सम्मान गरियो । उनीहरूलाई अभिनेता राजेश हमालले सम्मान गरेका थिए ।
अभिनेता हमालले नेपाली फिल्म क्षेत्रका लागि आफू जहाँ जानुपरे पनि जान तयार रहेको बताए । ‘अहिले म खुला छु । त्यसकारण नेपाली फिल्मको वृत्ति विकासदेखि हरेक पक्षका लागि म तपाईंहरुसँग जहाँ जान पनि जान तयार छु’, उनले भने ।
समाजका अध्यक्ष जनकदीप पराजुलीले नेपाली फिल्म विकासका लागि निर्देशकको योगदानको स्मरण गर्दै फिल्म क्षेत्रको विकासका लागि सरकारी तवरबाट पनि चासो हुनुपर्ने बताए ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’