‘आकाशैमा चिल हो कि बेसारा’ बबिनाको स्वरमा फिमेल भर्सन सार्वजनिक (भिडियो)

काठमाण्डौ। दर्शक श्रोताले मन पराएको गीत ‘आकाशैमा चिल हो कि बेसारा’ फिमेल भर्सनमा सार्वजनिक गरिएको छ। गायिका बबिना किराँतीको स्वरमा उक्त गीत सार्वजनिक गरिएको हो। यो गीतको मेल भर्सन केहि बर्ष पहिले गायक महेश थुलुङ्गको स्वरमा सार्वजनिक गरिएको थियो। गायिका बबिना किराँतीको यो भन्दा अगि पनि दर्जनौं गीतहरु चर्चित छन्।
जनजिब्रोमा झुण्डिएको यो गीतको शब्द रचना भुवन थुलुङ्गले गरेका हुन्। रिकेश गुरुङले एरेन्ज गरेको यो गीतलाई मिक्सिङ्ग मास्टरिङ्ग भने राजु कार्कीले गरेका छन्।
सम्राट अधिकारी, अनिश मगर, सृष्टि सुब्बा, रश्मि आले मगर र गायिका बबिना फिचरिङ्ग उक्त गीतको भिडियोलाई इसक जबेगुले छायांकन गरेका हुन्। विकास दाहालले सम्पादन गरेको उक्त गीतको म्युजिक भिडियोलाई राज दोङले सह निर्देशन र राजेश पुमा राइले निर्देशन गरेका हुन्। भिडियो गायिकाको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार २२:५६ललितपुरकी तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको ताज
समाचार२०८३ भाद्र ७, आईतवार २०:४७लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार १६:४१चलचित्र ‘बेहुली’को रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक
समाचार२०८३ भाद्र ७, आईतवार १३:४२वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने









