सुदिपको जापानी र नेपाली भाषा मिश्रित ‘ओउ ओउ ताकेया’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक सुदिप पन्तको जापानी र नेपाली भाषा मिश्रीत गीत ‘ओउ ओउ ताकेया’ सार्वजनिक गरिएको छ । लामो समय देखि जापान बस्दै आएका गायक पन्तको स्वरमा सजिएको गीतको शब्द पनि गायक पन्तले नै लेखेका हुन् । गीतको म्युजिक एरेन्ज रमेश कडरियाले गरेका छन् ।
गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ । जसमा कलाकार रचना पन्त र केशव भट्टराईले अभिनय गरेका छन् । म्युजिक भिडियो गायकको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
ताकेया भनेको जापनिज केटीको नाम भएको भन्दै गायक पन्तले लामो समयपछि फेरि संगीतको दुनियाँमा फर्कन पाएकोमा खुशी ब्यक्त गरे । यसअघि उनको ‘बन्दिपुर पाखैमा बिर्सु भन्छ त्यो तिम्रो तस्बिर झलझली आखैमा’ बोलको गीत सार्वजनिक भइसकेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १, बिहीबार १४:५७कांग्रेसको १५औँ महाधिवेशन : धादिङमा ५ गते वडा,७ गते पालिका र १० गते क्षेत्रको हुँदै
समाचार२०८३ आश्विन १, बिहीबार १४:३०बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १, बिहीबार १४:२१जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १, बिहीबार ०८:५८एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक » Celebrity Nepal









