‘खजुरे ब्रो’ डेब्यु अभिनेत्री नीतिको व्यस्तता फिल्मसँगै ब्रान्डमा पनि

काठमाडौँ। अभिनेत्री नीति शाहको व्यस्तता फिल्ममा निकै बढेको छ । लगातार ३ वटा फिल्म साइन गरिसकेकी नीति दर्शकमाझ आफ्नो काम देखाउन उत्साहित छिन् । फिल्मसँगै नीतिको डिमाण्ड ब्रान्ड बजारमा पनि बढेको छ । उनी आइतबार ‘ब्राडफोड ग्लोबल इजुकेशनल कन्सलटेन्सी एप्लाई ग्लोबलको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छिन् । नायिका शाह र कन्सलटेन्सीका निर्देशक पवन बिष्टले कागजी संझौतामा हस्ताक्षर गरेका छन् ।
ब्रान्ड एम्बेसडर नियुक्त भएपछि खुशी व्यक्त गर्दै नीतिले भनिन्–‘ब्राडफोड, एप्लाई ग्लोबलले विगत १८ बर्षदेखि नेपाली विद्यार्थीहरुलाई विश्वका प्रसिद्ध शैक्षिक गन्तव्यमा जाँदा छात्रावृत्तीका लागि सहयोग गर्ने, काउन्सिलिङ गर्ने तथा उचित मुल्यमा इङ्लििस प्रोफिसेन्सी टेष्टहरु समेत गरिरहेको सुन्दा खुशी लाग्यो । यस्तो संस्थाको ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त हुन पाउँदा निकै खुशी लागेको छ ।’
यस्तै, संझौता कार्यक्रममा बोल्दै ब्राडफोड ग्लोबलका निर्देशक तथा एप्लाई ग्लोबलका प्रमुख पवन बिष्टले आफूहरुले सधै नै विदेश अध्ययन गर्न जाने सिलसिलामा विद्यार्थीहरुलाई कुनै वाधा झेल्न नपरोस् भनेर प्रण गरेको बताए । उनले, नीति शाह जस्तो चर्चित नायिकालाई ब्रान्ड एम्बेसडर बनाउन पाउँदा खुशी लागेको समेत बताए । यस्तै, संस्थाका निर्देशक रविन्द्र घिमिरेले अझै गुणस्तरीय कार्य गर्ने वाचा गरेका थिए ।
नीति शाह यसअघि पनि थुप्रै ब्रान्डमा जोडिसकेकी छिन् । फिल्मको कुरा गर्नुपर्दा उनी अभिनित ‘खजुरे ब्रो’ वैशाखको २८ गतेबाट रिलिज हुँदैछ । यस्तै, उनले निर्देशक सविर श्रेष्ठको ‘रुखान’ फिल्म पनि साइन गरिसकेकी छिन् । दिवाकर भट्टराइको निर्देशनमा बन्न लागेको फिल्ममा पनि उनी नायक राज कटुवालको जोडी बनेर देखिदैछिन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १, बिहीबार १४:५७कांग्रेसको १५औँ महाधिवेशन : धादिङमा ५ गते वडा,७ गते पालिका र १० गते क्षेत्रको हुँदै
समाचार२०८३ आश्विन १, बिहीबार १४:३०बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १, बिहीबार १४:२१जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १, बिहीबार ०८:५८एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक » Celebrity Nepal









