कथाकार प्रधानको निधन

कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको हिजो राति आफ्नै निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले राससलाई जानकारी दिनुभयो ।
स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गर्नुभएको थियो ।
उहाँका ‘वक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’कथा सङ्ग्रह प्रकाशित कृति हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २२, मंगलवार ११:०८ट्रेड युनियन खारेजीले अधिकार खोस्दैन, पेसागत स्वतन्त्रता बलियो बनाउँछः प्रधानमन्त्री शाह
समाचार२०८३ बैशाख २१, सोमबार २०:२०व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
समाचार२०८३ बैशाख २१, सोमबार १९:४१रामकोट माविका १०७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २१, सोमबार १९:१२धिरज–मिरुनाको ‘कुस्ती’ असोज ९ मा प्रदर्शन







