Breaking News

‘महाजात्रा’ प्रिमियरमा यस्तो देखियो (फोटो फिचर)


काठमाडौँ ।
यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ले मंगलबार साँझ काठमाडौँमा प्रिमियर गरेको छ । फिल्म हेरेपछि अधिकांशले फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका छन् ।

लेखक तथा निर्देशक भट्टराईले फिल्मले प्राप्त गरिरहेको प्रतिक्रियाले डर भागेको बताए । ‘हामीलाई मन परेर र राम्रो लागेर नै फिल्म बनाएका थियौँ । हाम्रो प्रस्तुतीकरणमा आज प्रिमियरमा फरक ठाउँ र फरक वर्गका दर्शकले उत्कृष्ट छ भन्नु हुँदा हाम्रो टिम र समूहलाई विश्वास गरेर हलसम्म आउने दर्शकको पैसा र समयको सदुपयोग हुन्छ । जात्रामा हामीले तीन साथीको कथा भनेका थियौँ भने यसपटक राष्ट्रिय विषयलाई पनि जोडेका छौँ’, निर्देशक भट्टराईले भने ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

About असल खबर

Check Also

‘खजुरे ब्रो’को प्रोमोसनल भिडियो ‘मनि मनि’ सार्वजनिक, पैसा उडाउँदै नीति

काठमाडौं। आगामी वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘खजुरे ब्रो’को प्रोमोसनल गीत रिलिज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *