बटरफ्लाई फिल्मस्ले गर्यो बिभिन्न संस्थाका महिलाहरुलाई निशुल्क फिल्म देखाउने कार्य

काठमाडौँ। नेपाली,बलिउड तथा हलिउड फिल्म्सको वितरण गर्दै आई रहेको कम्पनी बटरफ्लाई फिल्मस्ले आफ्नो संस्थागत योजना अनुसार सिएआरएस एक्तिभिटिज कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रम अन्तर्गत केहि फरक गर्ने योजना अनुसार बिभिन्न संस्थाका महिलाहरुलाई सिनेमा घरमा सिनेमा देखाउने कार्य गरिएको हो।
बटरफ्लाई फिल्मस्लाई लक्ष्मी सनराइज बैंकले सहकार्य गरेको थियो। रन्जना सिनेप्लेक्समा भएको कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता रहेको थियो। बटरफ्लाई फिल्मस्ले गत महिना काभ्रे जिल्ला पनौती नगरपालिका–९ ओम डाँडास्थित कमलादेवी आधारभूत विद्यालयमा अध्ययनरत ८० विद्यार्थीलाई जाडोको न्यानो कपडा सहयोग वितरण गरेको थियो।
आगामी दिनमा पनि यस्ता सिएआरएस एक्तिभिटिज कार्यक्रम निरन्तर गर्दै जाने योजना रहेको बटरफ्लाई फिल्मस्का प्रवन्ध निर्देशक जेनिश पहारीले बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप









