पहिलो एनिमेटेड फिल्म बनाएर इतिहास रच्दै तेजसराज जोशी

काठमाडौँ। इतिहास रच्न त्यति सजिलो छैन । तर पनि नेपाली फिल्मको विकास क्रममा सम्पादक तेजसराज जोशीले फिल्म ‘सलिना’ मार्फत अहिले एउटा इतिहास रचेका छन् । यो नेपालमा निर्माण भएको पहिलो एनिमेसन फिचर फिल्म हो । आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म जोशीले ६ जना अन्य सम्पादक साथीको सहयोगमा बनाएका हुन् ।
नेपाली फिल्ममा सानातिना एनिमेस र भीएफएक्स दृश्य पहिले देखि नै प्रयोग हुँदै आएका थिए । तर पूरै फिल्म एनिमेसनबाट अहिलेसम्म बनेको थिएन । विदेशी कपीदेखि अर्ग्यानिक कथासम्मको प्रयोगमा पछिल्लो समय फिल्म मेकरहरू दौडिरहेको समय जोशीले भने एनिमेटेड फिल्म बनाए, किन ? फिल्म क्षेत्रमा केही फरक काम गर्ने हुटहुटीले एनिमेसनमा ‘सलिना’ बनाएको जोशी बताउँछन् । एनिमेसन विधामै लामो समयदेखि काम गर्दै आएका उनले पहिले मानिसको बडी मोसन क्याप्चर गरेर हेरे । त्यो राम्रो देखियो । त्यसपछि सिरिज बनाउने तयारी गरे ।
‘सिरिजको तयारी गर्दै जाँदा फिल्मको सम्भावना देखेँ’, जोशीले थपे, ‘नेपालमा अहिलेसम्म एनिमेसन फिल्म नबनेकाले काम गर्न मन लाग्यो ।’ जोशीले एनजीओ, आइएनजीओका लागि ३५/४० सेकेन्डको एनिमेसन भिडियो बनाउँदै आएका थिए । त्यस्ता भिडियोका लागि उनी कहिलेकाहीँ उनी ३०/३५ जना प्राविधिकको साथ लिन्थे । फिल्मका लागि भने उनलाई ६ जना साथीले सहयोग गरेका छन् । त्यसैले पनि उनलाई यो फिल्म पूरा गर्न ६ वर्ष लागेको हो ।
‘फिल्म सुरु गर्दा उनले डेढ वर्ष लाग्ने अनुमान गरेका थिए । टेक्निकली सकियो । हामीले जुनस्तरको कल्पना गरेका थियौँ, त्योभन्दा माथिकै स्तरमा बन्यो’, जोशी भन्छन् । फिल्मको ‘फस्ट हाफ’ र ‘सेकेन्ड हाफ’ मा केही भिन्नता देखिएपछि दुवैलाई राम्रो र एकनासको बनाउन भनेर फेरि काम गर्दा ६ वर्ष बितेको उनले सुनाए ।
‘सबैले हेर्न मिल्छ’
एनिमेटेड फिल्म भन्ने बित्तिकै बच्चाका लागि हो कि, हत्या हिंसा धेरै छ कि, सजिलै बुझिन्न कि वा कथा नै छैन कि लगायत विभिन्न प्रश्न मानिसहरूको मनमा उठ्नु स्वाभाविक हो । जोशी यो सबै प्रश्नको जवाफ फिल्म ‘सलिना’ले दिने बताउँछन् । ‘एउटा राजकुमारीको कथा वाचन भएको यसमा अन्य फिल्म झैँ इमोसन र ड्रामाले भरिएको छ,’ उनले भने ।
‘एउटा राजकुमारीले अन्य पात्रसँगको सहयोगमा सबैभन्दा ठुलो राक्षसनीलाई हराउने अभियान फिल्मको कथा हो’, उनले फिल्मको कथाबारे बुझाए, ‘स्टार कलाकारको स्थानमा एनिमेटेड पात्र छन् ।’
फिल्मको स्क्रिन प्ले बच्चादेखि बुढासम्मलाई बाँधेर राख्ने रहेको जोशीको दाबी छ । फिल्ममा रोमान्सदेखि एक्सनसम्म भएको उनले स्पष्ट पारे ।
नेपालमा कार्टुन, एनिमेशन फिल्म बच्चाका लागि हो भन्ने गरिन्छ । उनी यो सोच नै गलत भएको बताउँछन् । उनले भने, ‘हलिउडका थुप्रै एनिमेटेड फिल्मले विश्व हल्लाएका छन् । हाम्रो फिल्म पनि त्यस्तै हो ।’
एनिमेटेड फिल्म विशेष गरेर बच्चाले रुचाउँछन् । हलमा बच्चा आउँदा अभिभावकको साथमा आउने हुन् । त्यसैले अभिभावकलाई पनि ध्यानमा राखेर कथा बुनिएको उनको भनाइ छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ११:४८अष्ट्रेलियाकाे विजयी सुरुआत « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३१, आईतवार ११:१५रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
समाचार२०८३ जेष्ठ ३१, आईतवार ०७:५०विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
खेलकुद२०८३ जेष्ठ ३०, शनिबार २१:०३वर्ल्डकपमा मेरो फेभरेट देशले खेलेकै छैन: प्रधानमन्त्री « रिपोर्टर्स नेपाल









