‘खजुरे ब्रो’को पहिलो गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक

नीति शाहको डेब्यू सिनेमा ‘खजुरे ब्रो’ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ।
राजधानीमा एक कार्यक्रम गर्दै सिनेमाले ‘लभ गर्ने मान्छे’ बोलको गीत सार्वजनिक गरेको हो।
अनमोल गुरुङको शब्द तथा संगीतमा तयार भएको सार्वजनिक गीतमा गायनमा संगीतकार अनमोलले अनुपम गुरुङसँग साझेदारी गरेका छन्।
भट्टीको सेटिङमा खिचिएको यो गीतमा सिनेमाका प्रमुख पात्र ‘खजुरे’ बनेका रियर राई तथा महेश त्रिपाठीका साथमा अन्य कलाकारहरु फिचर भएका छन्।
सिनेमा वैशाख २८ गते रिलिज हुँदैछ। सिनेमामा सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको छ।
सिनेमामा नीति, रेयर तथा महेशका अलावा नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत,प्रेम सुब्बा, सुजाता राई,शान्तिला तामाङ, पवन लिम्बु, दीप चन्द्र राई (कान्छी) लगायतको अभिनय रहेको छ।
दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको सिनेमाका निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन्। अनिल मानन्धर र पिकेश मानन्धर यसका सहनिर्माता हुन्।
डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’मा शिशिर विशंखेको छायाँकन रहेको छ भने सम्पादक मित्र डि गुरुङ हुन्। सिनेमामा अनमोल गुरुङको संगीत रहेको छ।
योदीन लिम्बुको यसका फस्ट एडी हुन् भने पोस्टर ट्रीडेन्ट कन्सेप्टका रोयल भिमसेनले तयार पारेका हुन्।
सिनेमालाई रोहित तथा रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २७, मंगलवार १२:०८सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक,निरुता सिंहको फरक लुक्स
समाचार२०८३ आश्विन २७, मंगलवार ०७:२८पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना
समाचार२०८३ आश्विन २७, मंगलवार ०६:३१संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा
समाचार२०८३ आश्विन २६, सोमबार १६:३७बाढी प्रभावितलाई आईएसटी कलेजको सहयोग









