एचबिओले किन्यो ‘द रेड सुटेकेस’ युरोप राइट

नेपाली सिनेमा ‘ रेड सुटकेस’को हलिउडको सिनेमा च्यानल होम बक्स अफिस (एचबिओ)ले सेटेलाईट र ओटिटी वितरण किनेको छ ।
उसले युरोपका १५ देशमा ओटिटीमार्फत यो सिनेमा प्रदर्शन गर्नेछ। एचबिओले कुनै नेपाली सिनेमा खरिद गरेको यो पहिलो अवसर हो।
चैत ३० गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा सौगात मल्ल, विपिन कार्की, प्रविण खतिवडा तथा श्रृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको छ।
एचबीओले ओटीटी अधिकार लिएसँगै आफ्नो लगानी सुरक्षित भएको जानकारी निर्माणपक्षले दिएको छ।
सिनेमाका निर्देशक फिडेल देवकोटा हुन्।
सिनेमा बेलायतमा आधारित सेल्स एजेन्ट ‘रिजन ८ फिल्मस्’मार्फत विक्री भएको हो।
‘द रेड सुटकेस’ भेनिस फिल्म फेस्टिभलको होराइजन्स स्ट्र्यान्डमा प्रिमियर भएको थियो । सो फेस्टिभल रनमा जुरिच र मुम्बई समावेश थिए ।
फिल्म निर्माण गर्दा नै आफूहरु परम्परागत बजारको पक्षमा नरहेको र सोही अनुसार नै सिनेमा वितरणको फराकिलो तयारीका साथ अघि बढेको र एचविओले सिनेमा किनेकोमा निर्देशक फिडेलले खुशी व्यक्त गरे।
‘ स्थानीय बजारमा मात्र सिनेमा देखाउँछु भन्नेबारे भर नपरी अन्तराष्ट्रिय बजारका लागि पनि चलत्रिच निर्माण गर्नुपर्छ भन्ने मेरो सिद्धान्त हो।’, उनले भने ‘यसले हामीलाई नयाँ बजारको खोजीका लागि झक्झक्याउँछ र यसपटक एचबिओमार्फत हामीले नयाँ बजारका रुपमा युरोपका १५ वटा मुलुकलाई पनि पाएका छौं ।’
भिजुअल एन्थ्रोप्लोजीमा विधावारिधी गरेका फिडेलले यस अघि २०१४ मा सर्ट फिल्म ‘द लास्ट याक हर्डर अफ धे’ र बृत्तचित्र ‘विन्ड अफ चेन्ज इन लो मुस्ताङ’ निर्देशन गरेका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २७, मंगलवार १२:०८सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक,निरुता सिंहको फरक लुक्स
समाचार२०८३ आश्विन २७, मंगलवार ०७:२८पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना
समाचार२०८३ आश्विन २७, मंगलवार ०६:३१संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा
समाचार२०८३ आश्विन २६, सोमबार १६:३७बाढी प्रभावितलाई आईएसटी कलेजको सहयोग









