रास्वपाको प्रस्तावमा काँग्रेसको समर्थन,सम्पत्ति छानबिन आयोग गठन गर्न सदनमा प्रस्ताव दर्ता

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सार्बजनिक अपिल गर्दै रास्वपाको माग अनुसार २०४७ यता सार्बजनिक पद धारण गर्ने सबैको सम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन आग्रह गर्नु भएको छ ।
सामाजिक सञ्जाल मार्फत महामन्त्री शर्माले रास्वपाले अघि सारे अनुसार २०४७ यता सार्बजनिक पद धारण गर्ने सबैकोसम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन तथा सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न आग्रह गर्नु भएको हो ।
सम्माननिय @PM_nepal_ लाई सार्वजनिक अपील ! १) विगतदेखि हामी सबैले माग गर्दैआएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर `उच्चस्तरीय छानबिन समिति´को माग रास्वपाले अहिले जो अघि सारेको छ, यो उपयुक्त छ । गठन गरौं । २) सहकारी ठगिबारे `संसदीय छानबिन समिति´ गठन गरौं !” शर्माले सामाजिक संजाल एक्समा लेख्नु भएको छ ।
सम्माननिय @PM_nepal_ लाई सार्वजनिक अपील !
१) विगतदेखि हामी सबैले माग गर्दैआएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर `उच्चस्तरीय छानबिन समिति´को माग रास्वपाले अहिले जो अघि सारेको छ, यो उपयुक्त छ l गठन गरौं l
२) सहकारी ठगिबारे `संसदीय छानबिन समिति´ गठन गरौं !— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 9, 2024
यसैबीच नेपाली काँग्रेसका तीन जना सांसदहरूले रास्वपाको प्रस्ताव स्वीकार गर्दै मंगलबारै संसद् सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको विषय सार्वजनिक भएको छ ।
कांग्रेस उपसभापति धनराज गुरुङसहितका तीन जना सांसदले संघीय संसद् सचिवालयमा सार्वजनिक महत्वको प्रस्ताव नै दर्ता गरेका हुन।
कांग्रेस उपसभापति गुरुङसहित सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारले गत चैत २३ गते संसद् सचिवालयमा दर्ता गरेको उक्त प्रस्तावमा २०४८ सालमा गठित न्ययिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक एवम् कार्यान्वयन गर्न माग गरिएको छ । त्यसपछि सार्वजनिक पदधारण गरेका वा उच्च ओहोदामा रहेको व्यक्तिको सम्पत्ति छानविन गर्न जाँचबुझ आयोग ऐन अनुसार छानविन आयोग गठन गर्नुपर्ने उल्लेख गरिएको छ ।


लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २, सोमबार २०:३३‘हामी तीन भाइ’को ट्रेलर सार्वजनिक, अंशबण्डाले दाजुभाइबीच खटपट
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २, सोमबार २०:२४निफमा प्रिमियर हुँदै ब्रेन इन्जुरीबाट बाँचेका बेलायतीहरूको कथामा ‘द एभरेस्ट ड्रीम’
समाचार२०८२ चैत्र २, सोमबार १९:४३दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
समाचार२०८२ चैत्र २, सोमबार १६:२३लामाचौरको अकलादेवी–लक्ष्मीनारायण मन्दिरमा नयाँ समिति चयन








