नेताहरुले आफु र आफ्नो पार्टीलाई केन्द्रमा राख्दा समस्या भयो : शेखर

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पहिले आफु त्यसपछि पार्टी र अनि मात्रै देशलाई राख्ने गरेकाले राष्ट्र संकटमा परेको बताउनु भएको छ ।
घोराहीमा आयोजित नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले देश दुर्घटनाको संघारमा पुगेकाले पार्टी भन्दा माथि उठेर आफुले राष्ट्र बचाउने अभियान शुरु गरेको बताउनु भयो ।
“मैले देश बचाउनकै लागि संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ”- कोइरालाले भन्नुभयो “राजनीतिक दलहरुले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म राष्ट्र बन्दैन, छिटोभन्दा छिटो दुई ठुला दल एक ठाउँमा उभिएर देशलाई निकास दिउँ” । कोइरालाले भन्नु भयो ।
राजनीतिक दलहरुले राष्ट्रलाई प्राथमिकता नराखेकै कारण जनतामा निराशा छाएको कोइरालाले भनाई छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १५, आईतवार १०:५८‘मितज्यू’को ‘गैराघरे काँइली’ ६ दिनमै १० लाख भ्युज पार
समाचार२०८२ चैत्र १४, शनिबार २२:४८गोपालजी मन्दिरमा भक्तिभाव: शनिवासरीय भजनमा उल्लेख्य सहभागिता
समाचार२०८२ चैत्र १४, शनिबार २२:००राजनीतिक दलसँग आवद्ध ट्रेड युनियन खारेज,शासकीय सुधारका १०० कार्यसूची सार्वजनिक(पूर्णपाठ)
समाचार२०८२ चैत्र १४, शनिबार २१:२४यस्ता छन्,बालेन सरकारका शासकीय सुधारसम्बन्धी एक सय कार्यसुचीहरु








