‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई

लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्र्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले २०८० सालको सम्मान साहित्यकारद्वय ज्ञानुवाकर पौडेल र लक्ष्मी मालीलाई प्रदान गरेको छ ।
उहाँहरुले रचनाका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना र त्यसलाई संस्थागत गर्न निर्वाह गर्नुभएको भूमिकाको कदर गर्दै सो सम्मान दिइएको हो । शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले उहाँहरूलाई सम्मान गर्नुभयो । उहाँले स्रष्टाहरु सधैँ प्रतिपक्षी रही रचनात्मक भूमिका खेल्न तयार हुनुपर्ने बताउँदै आन्दोलनको मर्म र भावनालाई राजनीतिक नेताहरुले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले परिवर्तनलाई संस्थागत गर्ने सन्दर्भमा स्रष्टाहरुको भावनाअनुसार प्रतिष्ठान सञ्चालन भएको बताउनुभयो ।
साहित्यकार कोषराज न्यौपानेले स्रष्टा पौडेल गजल विधाका सिद्धहस्त व्यक्ति भएको टिप्पणी गर्नुभयोभने प्राज्ञ बाबा बस्नेतले स्रष्टा माली सशक्त नारी हस्ताक्षरका साथै आन्दोलनमा निरन्तर क्रियाशील व्यक्तित्व भएको बताउनुभयो ।
जनआन्दोलन–२ मा विसं २०६२ चैत ३० गते आरोहण (गुरूकुल) नाट्यघरमा जनआन्दोनप्रति ऐक्यबद्धता भेलापश्चात् पुरानो बानेश्वरको चोकमा कफ्र्यु तोडेर कविता वाचन गर्दा सुरक्षाकर्मीले दमन र गिरफ्तार गरेको दिनलाई स्मरण गरिँदै आएको अभियानका अध्यक्ष मनोज न्यौपानेले बताउनुभयो ।
यसअघि आनन्ददेव भट्ट, साहित्यकार काइँला, डा. तुल्सीप्रसाद भट्टराई, निनु चापागाईं, किरण मानन्धर, देशभक्त खनाल, डा बेञ्जु शर्मा, मञ्जु काँचुली, पूर्ण विराम, डा अमर गिरी, हरिगोविन्द लुईटेल, उत्तमकृष्ण मजगैँया, किसान प्रेमी, अशेष मल्ल, विमल निभा, राम विनय, विजय बजियम, सुलोचना मानन्धर, मातृका पोखरेल, वियोगी बुढाथोकी, डा दुवसु क्षेत्री, पुरूषोत्तम दाहाल, पुरूषोत्तम सुवेदी, शार्दूल भट्टराई, कृष्ण धरावासी, वासुदेव अधिकारी, विवश पोखरेल, हरिहर अधिकारी ’ र तीर्थ श्रेष्ठले उक्त सम्मान प्राप्त गर्नुभएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा









