‘तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव’ प्री इभेन्ट सम्पन्न

काठमाडौँ। आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यहि बैशाख ६ देखी ८ गते सम्म हुने ‘तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव’ मा अफिसियल सेलेक्सन भएका चलचित्रलाई सर्टिफिकेट प्रदान गरिएको छ । नेपाल पर्यटन बोर्ड काठमाडौँमा सोमबार प्री इभेन्टको कार्यक्रम आयोजना गरेर प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी रहेका थिए।
यस्तै चलचित्र क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रतिबद्धता जनाए । उनले कलाकार नै देशको गहना भएकाले सरकारले कलाकार र चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विस्तार गर्ने लक्ष्य रहेको बताए । चलचित्रले सामाजिक बिषयबस्तुलाई कथा मार्फत उजागर गर्ने माध्यम रहेको भन्दै प्रशंसनिय कार्य रहेको उल्लेख गरे ।

यस महोत्सवमा टिपिकल गाउँको कथाबस्तुमा आधारित चलचित्र समेटिएको सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । नेपाल ग्रामिण चलचित्र महोत्सव विगत ३ वर्ष देखि नेपालको सिनेमा घर नभएको जिल्लाहरुमा गाउँले परिबेशमा निर्माण गरिएका शर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई सहभागी गराएर गाउँ गाउँका दर्शकहरु समक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ्ग गर्ने र उत्कृस्ट फिल्मलाई अवार्ड समेत प्रदान गरिदै आएको उनले बताए ।
फिल्म स्क्रिनिङ्गसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउनेछ भन्ने बिषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठी तथा पर्यटन प्रबर्धनसंगै नेपाली चलचित्रलाई ग्रामिण बजारमा पुर्याउने उदेश्य रहेको उल्लेख गरे। नेपाल ग्रामीण चलचित्र महोत्सवले भाषा तथा संस्कृतिको आदान प्रदानको लागी पनि बिशेष भूमिका खेल्ने उनले बताए ।

पहिलो वर्ष गोरखाको लाप्राकमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा हजारौ दर्शकको उपस्थिती रहेको थियो । दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा कार्यक्रम सम्पन्न भएको थियो । यस बर्ष भने रामेछाप नगरपालिका वडा नं. ८, रामेछाप बजार स्थित गौरिशंकर उच्च मा.वि.मा कार्यक्रम गरिने सापकोटाले बताए । महोत्सवका संयोजक कमल एक्चै मगर रहेका छन् उनले आफ्नै गृह जिल्ला रामेछापमा महोत्सव हुँदा खुसी लागेको बताए। महोत्सवमा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष दयाराम दाहालको संयोजकत्वमा जुरी कमिटि रहेको थियो। जुरीमा गणेश पाण्डे,भरत रेग्मी,ज्योतिराज राई र कुबेरराज गिरि रहेका छन्।
नेरुफमा छनोट भएका फिल्महरु
फिचर फिल्म
नाङ्गो गाउँ : दिपेन्द्र लामा
दिमाग खराब : निश्चल बस्नेत
बिच्छेद : सत्यराज चौलागाईँ
सतीदेवी : लक्ष्मण सुवेदी
शर्ट फिल्म
द डार्क बेकन : पवन केसी
सिगरेट : डब्बु क्षेत्री
सिपाईको छोरो : सुरज पौडेल
द ग्रेट मुखिया : असिम पौडेल
डिस्पेयर : शिव पुरी
रित्तो गाउँ : रामजी ज्ञावाली
आमा : परिच्छेद सेन
स्यालुट : अनुपराज राई
अन्तै माया : रणधीर श्रेष्ठ
डकुमेन्ट्री फिल्म
आग्रे : अनिल बुढा मगर
स्नो लेपार्ड : प्रदीप पोखरेल
इट्टा भट्टा : सुरेश डी मुखिया
बनकरिया : लक्ष्मी सुवेदी
भाषिक फिल्म
लिलामे माइला : भिम लामा
माराङ : बुद्धिया एस मगर
स्वयनगु : अमृतमान महर्जन
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १५, बिहीबार २१:५१बाँध भत्किएपछि जलेश्वर जलमग्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १५, बिहीबार १४:०८‘पिंकवाक २०२६’ का लागि दर्ता खुला, असोज १७ गते बसन्तपुरदेखि पाटनसम्म पदयात्रा हुने
समाचार२०८३ आश्विन १५, बिहीबार १०:१९चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १५, बिहीबार ०८:४२‘चंगुल’मा जेन्जी आन्दोलनको कथा, प्रिमियरमा घाइते जेन्जी सम्मानित









