लण्डन म्याराथनमा दौडिँदै नेपाली युवा कुशल दीक्षित

काठमाडौं, ७ बैशाख । नेपालका २० वर्षीया युवा कुशल दीक्षितले लण्डन म्याराथनमा भाग लिने भएका छन् । यही आइतबार हुने उक्त लण्डन म्याराथन–२०२४ मा कुशलले भाग लिने भएका हुन् ।
५० हजार भन्दा बढिले भाग लिने उक्त म्याराथनको लागि कुशलले तयारी पहिल्यैदेखि नै गरिरहेका थिए । हाल अमेरिकाको लेक फरेष्ट कलेज, अमेरिकामा स्नातक तेस्रो वर्षमा अध्ययनरत कुशल बाल्यकालदेखि नै अनुशासित छात्र हुन् ।
सन् १९८१ बाट सुरु भएको लण्डन म्याराथन विश्वमै लोकप्रिय मानिन्छ । लण्डन म्याराथन हरेक वर्ष अप्रिलमा नै हुने गर्दछ । कुशल लण्डन म्याराथनमा भाग लिनको लागि बेलायत पुगिसकेका छन् ।
लण्डन म्याराथनमा कुशलको सहभागिता देशको लागि पनि गौरवको विषय हो । यसअघि उनी भारतको नयाँ दिल्लीमा अध्ययन गर्दापनि यस्ताखालका प्रतियोगितामा भाग लिएर मेडल जित्न सफल भएका छन् । उनी नेपालको प्रतिष्ठित परिवार सुन्दरमणि दीक्षितको परिवारका सदस्य हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा









