ग्रामीण चलचित्र महोत्सवमा ‘सतीदेवी’ र निश्चल बस्नेत उत्कृष्ट

काठमाडौँ। शनिबार रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ सर्वोत्कृष्ट सिनेमा घोषित भएको छ।
यस्तै निर्देशनमा भने ‘दिमाग खराब’बाट निश्चल बस्नेत सर्वोत्कृष्ट घोषित भए।
अभिनेत्रीतर्फ ‘दिमाग खराब’बाट स्वस्तिमा खड्का सर्वोत्कृष्ट हुँदा ‘नाङ्गो गाउँ’बाट दयाहाङ राई सर्वोत्कृष्ट अभिनेता भए। यस्तै सर्वोत्कृष्ट घोषित ‘सतीदेवी’ पटकथामा पनि आफ्नो कब्जा जमायो। अभिनेत्री मलिका महतले यही सिनेमाबाट बेस्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड जितिन भने सत्यराज चौलागाईं निर्देशित तथा मुकुन भुषाल अभिनित ‘विच्छेद’ले जुरी मेन्सन अवार्ड जित्यो। यस्तै रंग संयोजनमा ‘दिमाग खराब’का राजेन्द्र मोक्तान सर्वोत्कृष्ट भए।

यसैगरी सर्ट फिल्म तर्फ परिच्छेद सेनको ‘मदर’ उत्कृष्ट हुँदा बेस्ट कल्चरल फिल्ममा बुद्दिया एस मगर निर्देशित मगर भाषाको ‘माराङ’ले बाजी मर्यो। यस्तै, सिनेमा आर्टस् उत्कृष्ट सिनेमा निर्माण कम्पनी घोषित भयो। सेलिब्रेटी नेपालको आयोजनामा चलचित्र विकास बोर्ड र रामेछाप नगरपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव अवार्ड विजेता सुचि:
१. बेस्ट फिल्म- सतीदेवी
२. जुरी मेन्सन अवार्ड- फिल्म विच्छेद
३.बेस्ट प्रोडक्सन कम्पनी- सिनेमा आर्ट्स नेपाल
४. बेस्ट निर्देशक फिचर फिल्म – निस्चल बस्नेत ( दिमाग खराब)
५. बेस्ट स्क्रिन प्ले फिचर फिल्म – लक्ष्मण सुवेदी फिल्म सतीदेवी
६. बेस्ट एक्टर फिचर फिल्म- दयाहाङ राई फिल्म नाङ्गो गाउँ
७. बेस्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड- मलिका महत सतीदेवी
८. बेस्ट एक्ट्रेस फिचर फिल्म – स्वस्तिमा खड्का फिल्म दिमाग खराव
९.बेस्ट म्युजिकल शर्ट फिल्म – अन्तै माया रणधीर श्रेष्ठ
१०.बेस्ट शर्ट फिल्म जुरी मेन्सन अवार्ड – रित्तो गाउँ रामजी ज्ञवाली
११. बेस्ट शर्ट फिल्म- मदर- परिच्छेद सेन
१२. बेस्ट डकुमेन्ट्री- द आइरन डिगर – अनिल बुढा मगर
१३. बेस्ट एडिटर – बनिश शाह- नाङो गाउँ
१४. बेस्ट सिनेम्याटोग्राफर- संकल्प भुजेल बिच्छेद
१५. बेस्ट कलरिस्ट- राजेन्द्र मोक्तान
१६.बेस्ट कल्चरल फिल्म- माराङ मगर भाषा बुद्दिया एस मगर
चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवं निर्देशक दयाराम दाहालले काठमाण्डौँबाट नजिकै रहेको रामेछाप जिल्लामा फिल्मको सुटिङ्ग गर्ने खालका धेरै ठाउँहरु आफुले यात्राको क्रममा देखेको बताए ।
उनले ग्रामीण परिवेशमा बन्ने फिल्महरु सुटिङ्गका लागी रामेछाप उपयुक्त ठाउँ रहेको र फिल्म तथा सर्ट फिल्महरुका निर्मातालाई सुटिङ्गका लागी रामेछाप जिल्लालाई छनौट गर्न पहल गर्ने धारणा राखे ।
कार्यक्रममा अभिनेता मुकुल भूषाल,महोत्सवका कार्यक्रम संयोजक एवं फिल्म निर्देशक कमल एक्चै मगर,रामेछाप नगरपालिका ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ लगायतले मन्तव्य राखेका थिए । सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न चलचित्रका निर्देशक,निर्माता तथा कलाकारहरुको उपस्तिथी रहेको थियो ।
महोत्सवमा चर्चित चलचित्र दिमाग खराब,नाङ्गो गाउँ,बिच्छेद,सतीदेवी,डेसान लगायत चलचित्रहरु निःशुल्क प्रदर्शन भए । यी सिनेमाको साथमा सर्ट फिल्म,डकुमेन्ट्री र विभिन्न भाषाभाषीका चलचित्रहरु पनि प्रदर्शन भए।
महोत्सवमा सिनेमा प्रदर्शनका अलावा बिभिन्न विषय सिनेमा संवाद कार्यक्रम पनि भएको आयोजकले जानकारी दिएको छ । रामेछाप नगरपालिकाका नगर प्रमुख लव श्री न्यौपानेले पनि दर्शक संग बसेर सिनेमा हेरे। उनले सिनेमाले मनोरंजन मात्र नभई समाजलाइ संदेश पनि दिने बताए।
रामेछाप नगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा भएको महोत्सवमा २००० जना भन्दा बढी दर्शकले सिनेमा हेरेका थिए। महोत्सवको पहिलो संस्करण गोरखाको लाप्राकमा र दोस्रो संस्करण काभ्रेको भकुन्डेबेसीमा सम्पन्न भएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १८, बिहीबार २०:२९राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले लिए शपथ
समाचार२०८३ भाद्र १८, बिहीबार १९:४०साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने
समाचार२०८३ भाद्र १८, बिहीबार १८:३०विपद्को मैदानमा देखेको र भोगेको यथार्थ
समाचार२०८३ भाद्र १८, बिहीबार ११:५९तीजको दरको पैसा कटाएर बाढीपीडितलाई सहयोग, महाकालेश्वर महिला समूहले दियो ३५ हजार ५ सय









