पोखरा–१७, छोरेपाटनमा रहेको अनमोल वचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न

कार्यक्रमको प्रमुख अतिथि कास्की बचत तथा ऋण सहकारी सङ्घका निर्वतमान अध्यक्ष तथा सामाजिक व्यक्तित्व भेषराज बरालले उद्घाटन गर्दै सहकारीले आफ्नो उद्धेश्य अनुरुप संचालन हुनुपर्ने वताउँदै शेयर सदस्यहरु नै सहकारीका प्रथम अभिभावक भएकाले आफ्नो जिम्मेवारी निभाउनु पर्ने बताए ।
विशेष अतिथि कोप्सका अध्यक्ष डिल्लीराम वरालले स्थानिय सहकारीहरु बिच सहकार्य गर्दै अगाडि बढ्नुपर्ने वताए । सहकारीका सात सिद्घान्त वाचन शिक्षा उपसमिति संयोजक चर्तुभुज पहारीले गरेका थिए ।
कार्यक्रममा वक्ताहरु संस्थापक अध्यक्ष ले. धर्मदत्त तिमिल्सिना, छिमेकी सहकारीहरुको तर्फबाट उमनाथ सुवेदी, शुभकामना कविता सहसचिव सावित्रा पौडेल, शेयर सदस्य अनिता पनेरु र उमराज त्रिपाठी, सम्मानित व्यक्तिहरुबाट डा. बिष्णुप्रसाद शर्माले शुभकामना मन्तव्य दिएका थिए ।
सभाले अध्यक्षको प्रगति प्रतिवेदन, कोषाध्यक्ष विष्णुप्रसाद शर्माको आर्थिक प्रतिवेदन पारित गरेको छ । लेखा तथा सुपरिवेक्षण प्रतिवेदन संयोजक माधव भट्टराईले प्रस्तुत गरेका थिए ।
सो अवसरमा ज्येष्ठ सेयर सदस्यहरु ले. धर्मदत्त तिमिल्सिना र शेषराज पहारी, उत्कृष्ट वचतकर्ता लक्ष्मी ढकाल पौडेल र ढाकाराम आचार्य, उत्कृष्ट कारोबार कर्तामा राममाया थापा र शिवराम श्रेष्ठ, यस सहकारीमार्फत दन्त शिविरका डा. विकास पहारी, डा. एलिजा तिमिल्सिना, डा. दिपिका चालिसे, दन्त विशेषज्ञ अमृता ठकुरी र दन्त सहायक बकृति मगर, विभिन्न तह उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरु प्लस टु छात्रातर्फ रोजि कोइराला, एलिसा ढकाल, सुमित्रा बराल र छात्रतर्फ आयुस श्रेष्ठ, स्नात्तक तहतर्फ छात्रा प्रतिक्षा सुवेदी, स्नाकोत्तर तहतर्फ छात्र रविन थापा , एम.फिल तथा पि.एच.डि उपाधि हासिल गर्ने डा. बिष्णुप्रसाद शर्मालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष खेमराज वराल ध्रुबको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष टिकाराम बरालल,े धन्यवाद ज्ञापन सल्लहाकार माधव पहारी र सञ्चालन सचिव एकनारायण भण्डारीले गरेका थिए ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ७, बिहीबार २०:३८पोखरामा ७० वर्षमाथिका जेष्ठ नागरिकका लागि पहिलो पटक वाकिङ फुटबल प्रतियोगिता आयोजना गरिँदै
समाचार२०८३ जेष्ठ ५, मंगलवार ०६:३४किशाेरीहरूको लागि आत्मरक्षा तालिम सम्पन्न
समाचार२०८३ जेष्ठ १, शुक्रबार १२:०८फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा
समाचार२०८३ बैशाख २१, सोमबार १५:४२फेवा मापदण्डमा विज्ञको आपत्ति: ६५ मिटरको रेखालाई ‘वैज्ञानिक आधारविहीन’ को संज्ञा









