पोखरा–१७, छोरेपाटनमा रहेको अनमोल वचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न

कार्यक्रमको प्रमुख अतिथि कास्की बचत तथा ऋण सहकारी सङ्घका निर्वतमान अध्यक्ष तथा सामाजिक व्यक्तित्व भेषराज बरालले उद्घाटन गर्दै सहकारीले आफ्नो उद्धेश्य अनुरुप संचालन हुनुपर्ने वताउँदै शेयर सदस्यहरु नै सहकारीका प्रथम अभिभावक भएकाले आफ्नो जिम्मेवारी निभाउनु पर्ने बताए ।
विशेष अतिथि कोप्सका अध्यक्ष डिल्लीराम वरालले स्थानिय सहकारीहरु बिच सहकार्य गर्दै अगाडि बढ्नुपर्ने वताए । सहकारीका सात सिद्घान्त वाचन शिक्षा उपसमिति संयोजक चर्तुभुज पहारीले गरेका थिए ।
कार्यक्रममा वक्ताहरु संस्थापक अध्यक्ष ले. धर्मदत्त तिमिल्सिना, छिमेकी सहकारीहरुको तर्फबाट उमनाथ सुवेदी, शुभकामना कविता सहसचिव सावित्रा पौडेल, शेयर सदस्य अनिता पनेरु र उमराज त्रिपाठी, सम्मानित व्यक्तिहरुबाट डा. बिष्णुप्रसाद शर्माले शुभकामना मन्तव्य दिएका थिए ।
सभाले अध्यक्षको प्रगति प्रतिवेदन, कोषाध्यक्ष विष्णुप्रसाद शर्माको आर्थिक प्रतिवेदन पारित गरेको छ । लेखा तथा सुपरिवेक्षण प्रतिवेदन संयोजक माधव भट्टराईले प्रस्तुत गरेका थिए ।
सो अवसरमा ज्येष्ठ सेयर सदस्यहरु ले. धर्मदत्त तिमिल्सिना र शेषराज पहारी, उत्कृष्ट वचतकर्ता लक्ष्मी ढकाल पौडेल र ढाकाराम आचार्य, उत्कृष्ट कारोबार कर्तामा राममाया थापा र शिवराम श्रेष्ठ, यस सहकारीमार्फत दन्त शिविरका डा. विकास पहारी, डा. एलिजा तिमिल्सिना, डा. दिपिका चालिसे, दन्त विशेषज्ञ अमृता ठकुरी र दन्त सहायक बकृति मगर, विभिन्न तह उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरु प्लस टु छात्रातर्फ रोजि कोइराला, एलिसा ढकाल, सुमित्रा बराल र छात्रतर्फ आयुस श्रेष्ठ, स्नात्तक तहतर्फ छात्रा प्रतिक्षा सुवेदी, स्नाकोत्तर तहतर्फ छात्र रविन थापा , एम.फिल तथा पि.एच.डि उपाधि हासिल गर्ने डा. बिष्णुप्रसाद शर्मालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष खेमराज वराल ध्रुबको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष टिकाराम बरालल,े धन्यवाद ज्ञापन सल्लहाकार माधव पहारी र सञ्चालन सचिव एकनारायण भण्डारीले गरेका थिए ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १६, बुधबार १५:४९शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य सामुहिक पहल कार्यक्रमा अध्यक्ष श्री चन्द्र प्रसाद ढकालज्यूको मन्तव्य
समाचार२०८२ पुष १३, आईतवार १३:२५हाम्रो जस्तो नेपालमा यति धेरै सञ्चार माध्यम आवश्यक होकी होइन समिक्षा गर्नुपर्ने बताए सञ्चार मन्त्री खरेल
समाचार२०८२ पुष ७, सोमबार १२:०८ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
समाचार२०८२ मंसिर २६, बिहीबार १३:५१दौत्य सम्बन्ध स्थापनाको ५० बर्षका अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध विस्तारमा छलफल, महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने








