चैत्र २९ गते बाट विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ कथा प्रवचन सुरु गर्ने

पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटि होम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेसंगै अहिले भने प्रचारप्रसारका विविध कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।
यसै विच२०८२ सालबैशाख १७ गते देखि सञ्चालन हुने कोटिहोम महायज्ञको प्रचारप्रसार स्वरुप यहिचैत्र२९ गते बाट नै कथा प्रवचन हुने भएको छ । यस कोटिहोम महायज्ञमा पहिलो कथा प्रवचनका लागि विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेय भारतबाट नेपाल आउने भएकी छन् ।बालवि दूषी अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा आगामी चैत्र२९ गतेबाट कथाप्रवच नगर्ने कार्यक्रम तय भएको आयोजकमानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाले जानकारी दिएको छ ।
अहिले कोटिहोम महायज्ञको प्रचार प्रसार विविध कार्यक्रमहरु सञ्चालन भैरहेको छ
कोटीहोम अवधिम शाशंकराचार्य, जगदगुरु, साधुसन्त, महन्तसँगै विश्वका विभिन्न मुलुकबाट प्रसिद्ध कथावाचक र वाचिकाको आगमन र आशिर्वच नहुने कार्यक्रमछ ।
कोटी होममा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमद देवी भागवत कथा वाचन हुनुको साथै लाखौँको विवाह, ब्रतवन्ध, चौरासीपूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सय भन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने र एक करोड शिवलिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पुजन गरिने जनाइएको छ ।
सो अवसरमा राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, ११ हजार कलशपुजन, २५ हजार नरिवलको भोग, कन्यापूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजार बढी स्रष्टा सम्मान, शालिग्राम पुजन, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वतको निर्माण, धार्मिक क्षेत्रसँग सम्बन्धित वक्तृत्व कला प्रतियोगिता लगायतका कार्यक्रम गरिने भएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ७, बिहीबार २०:३८पोखरामा ७० वर्षमाथिका जेष्ठ नागरिकका लागि पहिलो पटक वाकिङ फुटबल प्रतियोगिता आयोजना गरिँदै
समाचार२०८३ जेष्ठ ५, मंगलवार ०६:३४किशाेरीहरूको लागि आत्मरक्षा तालिम सम्पन्न
समाचार२०८३ जेष्ठ १, शुक्रबार १२:०८फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा
समाचार२०८३ बैशाख २१, सोमबार १५:४२फेवा मापदण्डमा विज्ञको आपत्ति: ६५ मिटरको रेखालाई ‘वैज्ञानिक आधारविहीन’ को संज्ञा









