भोलि बैशाख ३ गते श्री गण्डकी कोटिहोम महायज्ञको भूमी पुजन गरिदै

पोखरा महानगरपालिका वार्ड नं। १७ मा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पुजन आगामी बैशाख ३ गते गरिने भएको छ । हाल गत चैत्र १७ गते देखि कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा विविध कार्यक्रमसंगै श्रीमद्भागवत कथा प्रवचन भइरहेको छ । गत चैत्र २९ गतेदेखी नेपालको कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले कथा प्रवचन गरिरहेकी थिइन भने भोलि

बैशाख ३ गते बुधवार बिहान भूमी पूजन संगै मूल यज्ञ कुण्ड खन्ने साइत पनि रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । उक्त दिन सहभागीताको लागि पनि आयोजकले सम्पूर्ण भक्तजनहरुलाई पनि आग्रह गरेको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष ७, सोमबार १२:०८ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
समाचार२०८२ मंसिर २६, बिहीबार १३:५१दौत्य सम्बन्ध स्थापनाको ५० बर्षका अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध विस्तारमा छलफल, महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
समाचार२०८२ मंसिर १८, बुधबार १४:५५ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका
समाचार२०८२ मंसिर १६, सोमबार २०:३६विश्व एडस् दिवस








