देवी प्रतिभाद्वारा आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण

पोखरा, १४ वैशाख २०८२ – गण्डकी कोटिहोममा दैनिक रूपमा कथा वाचन गर्दै आउनु भएकी अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाले आमा औसीको विशेष अवसरमा पोखरा-१७, महतगौडामा अवस्थित बुद्धाश्रमको अवलोकन गर्नुभएको छ।
उक्त अवसरमा उहाँले आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई खाद्यान्नलगायत आवश्यक सामग्री वितरण गर्नुका साथै उनीहरूको स्वास्थ्य र कल्याणबारे जानकारी लिनुभएको थियो।

देवी प्रतिभा लामो समयदेखि कथा वाचनमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आउनुभएको छ। बुद्धाश्रम अवलोकनका क्रममा उहाँले ज्येष्ठ नागरिकहरूको सम्मान र हेरचाहको महत्त्वमाथि जोड दिँदै यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
आश्रमका सञ्चालकले देवी प्रतिभाको सहयोग र सक्रियताको उच्च प्रशंसा गर्दै यस्ता गतिविधिले आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई मानसिक र भावनात्मक हौसला प्रदान गर्ने बताए। स्थानीय समुदायले पनि यो कार्यको खुलेर स्वागत गरेको छ।
गण्डकी कोटिहोममा दैनिक कथा वाचनको माध्यमबाट सामाजिक जागरण र सांस्कृतिक संरक्षणमा योगदान पुर्याउँदै आउनु भएकी प्रतिभाको यो पछिल्लो कदमले समाजमा थप सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार १९:१२ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने
समाचार२०८२ चैत्र १०, मंगलवार १०:५६सिक्लेसमा संरक्षण र समृद्धिको नयाँ मोडेलमा ACAP
समाचार२०८२ फाल्गुन ५, मंगलवार १८:५९ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट
समाचार२०८२ माघ १८, शनिबार ०७:४०मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना








