पोखरा १७ बैशाख । पोखरा महानगरपालिका -१७ बिरौटामा हरिहर मन्दिर संगै केहि स्थानियको जग्गामा आज देखि सुरु भएको गण्डकी कोटीहोम भव्य रुपमा सम्पन्न भएको छ । कोटीहोमको प्रथम दिन आज माननीय देखि लिएर पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।
महायज्ञको आज भारतीय चर्चित स्वामी कैलाशानन्दजीले उत्घाटन गरेका थिए । उत्घाटन पछि उनले कृष्णलिला कथा सुनका थिए ।उनको उपथितीले महायज्ञको थप शोभा बढाएको महायज्ञका संकल्पकर्ता विजयमुक्ति महाराजले जनाकारी दिए । उत्घाटनमा आज कास्की जिल्ला नेपाली कांग्रेस सभापति किशोर बराल , पत्रकार सन्तोष देउजा ,आदिले मन्तब्य राखेका थिए ।
सुरुवाती समयमा नै राम्रो साथ भएको आयोजकले अबको दिनमा थप भक्तजन बढ्ने प्रति बिश्वास लिएको थियो । दैनिक रुपमा कथा बाचन गर्दै आएकी कथा बचिका देवी प्रतिभाको महायज्ञमा आज अन्तिम दिन हो । यस अघि कथा बाचिका अनुराधा पाण्डेले आफ्नो कथा बाचन सकिसकेकी हुन भने अब यसपछि दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरी लगायतका प्रख्यात धर्मगुरुहरूले पनि कथावाचन गर्नेछन्।
यज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। साथै, सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ, जसले रचनात्मक अभिव्यक्ति र सांस्कृतिक सहभागितालाई प्रोत्साहन गर्नेछ। आयोजकले देश–विदेशबाट लाखौं भक्तजनको सहभागिता अपेक्षा गरेको छ।
पोखरा, १७ बैशाख । पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा फाउण्डेशन नेपालको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केहि स्थानीयको जग्गामा महायज्ञ औपचारिक रुपमा शुरु भएको हो । महायज्ञमा निरंजनी पिठाधीश्वर १००८ आचार्य महामन्डलेश्वर स्वामी कैलाशानन्द गिरिजी महाराजले बुधबार विहान ७ वजेर २७ मिनट जाँदा हवानादी कार्यको विधिवत शुभारम्भ गरी महायज्ञ औपचारिक रुपमा शुरु भएको हो ।
नेपाल पञ्चाड्ड निर्णायक विकास समितिले दिएको साइत र समय अनुसार नै महायज्ञको विधिवत रुपमा शुरु गरिएको कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले जानकारी दिए । वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीका अनुसार बैशाख १९ गते कोटीहोम महायज्ञमा हवनात्मक कार्यक्रको प्रारम्भ हुने छ । सोहि दिन विहान ६ वजेर ४५ मिनेटमा अग्नी मन्थन, ७ वजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नी प्रवेश गराउने, ७ वजेर १९ मिनेटमा अग्नीमा समिधा दान र ८ वजेर ५ मिनेटमा अग्नी कुण्डमा आह्ति प्रदान गरी कोटीहोमको प्रारम्भ हुने उनले जानकारी दिए । महायज्ञमा १ सय वटा हवन कुण्ड रहेका छन् । जेठ २६ गते सोमबार कोटिहोम महायज्ञको विधिवत् पुणांहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ । महायज्ञको मुख्य दिन बैशाख १७ देखि जेठ २६ गतेसम्म सयौं गुरुहरूद्वारा नियमित हवन तथा अनेकौँ पुण्यमय कर्महरू गरिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देवलीला, नृत्य लगायत प्रस्तुति हुनेछन् । कार्यक्रम अवधिभर देश विदेशबाट कार्यक्रम विभिन्न सामाजिक अभियन्ता तथा राजनीतिक दलका नेताहरूको आगमन हुने जनाईएको छ । वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड खनी महयज्ञ स्थलमा दैनिक रुपमा कथा वाचन हुदै आएको छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको शुरुवातसँगै महायज्ञमा हाल अन्तराष्ट्रिय कथा बाचिका देवी प्रतिभाले कथा वाचन गरेकी छन् । देवी प्रतिभाले बैशाख १८ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको छ । महायज्ञ औपचारिक रुपमा शुरुहुनु भन्दा अघिल्लो दिन निकालिएको शोभा कलश यात्राले महायज्ञ सफल भएको आम भक्तजनको आवाज रहेको थियो । महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले महायज्ञमा सहभागि जनाएर पुण्य लाभ लिन सवै भक्तजनामा आग्रह गरे । ‘महायज्ञका हरेक दिन भएका गतिविधिमा भक्तजनको सहभागिताले हामीलाई उत्साहित बनाएको छ’ उनले भने, ‘यो ऐतिहासिक कार्यक्रममा पक्कै पनि कोहि छुट्नुहुन्न।’ महायज्ञका प्रदेश तथा केन्द्रीय सरकारका सांसद, विभिन्न धार्मिक तथा सामाजिक अभियान्ता सञ्चारकर्मीको उपस्थिति वढ्दै गएको छ । महायज्ञमा कथा, राम कथा, शिवमहापुराण कथा, हनुमान कथा, श्रीमददेवी भागवत कथालगायतका प्रवचन, हवन, भजन, झाँकी, देवलीला र नृत्य प्रस्तुतिहरू हुने महायग मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए । महायज्ञ स्थलमा विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलनलगायतका कार्यक्रमहरु राखिएको मुल आयोजक समितिका निर्देशक शंकर खरालले जानकारी दिए । महायज्ञमा स्वदेशबाट मात्रै नभई विदेशबाट पनि विदेशी धार्मिक पर्यटकको समने आगमन हुन थालेको छ । महयज्ञमा घरपझोङ गाँउपालिका जोमसोम मुस्ताङका अध्यक्ष मोहन सिंह लालचनले नगद २ लाख ५५ हजार प्रदान गरेका छन् । उनी यो महायज्ञमा अनाथ वच्चाको एक वर्षको अभिभावक बन्ने पहिलो व्यक्ति बनेका छन् । कोटिहोममा ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले श्रद्धालुहरूलाई घ्यू, तील, तेल, देवदारु, श्रीखण्ड लगायतका सामग्री लिएर उपस्थित हुन फाउण्डेशनले अनुरोध गरेको छ । आयोजकले सामाजिक सञ्जालमा मानवसेवा फाउण्डेशन र गण्डकी कोटिहोम ह्यासट्याग प्रयोग गरी छोटा भिडियो बनाउने व्यक्तीलाई २५ हजार सम्मको पुरस्कार र सम्मानपत्र प्रदान गर्ने घोषणा गरेका छन्। यो पहलले युवा र समुदायको रचनात्मक सहभागितालाई प्रोत्साहन आयोजकले अपेक्षा गरेको छ ।
गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम पोखरालाई आध्यात्मिक मुक्तिद्वारको रूपमा स्थापित गर्ने र गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरा–१७, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ भोलि (वैशाख १७, २०८२) देखि सुरु हुँदैछ। यो ४१ दिने महायज्ञ २०८२ जेठ २६ गतेसम्म चल्नेछ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भइसकेको छ भने चैत्र २९ गतेदेखि सुश्री अनुराधा पाण्डेद्वारा श्रीमद्भागवत कथा प्रवचन दैनिक सञ्चालन भइरहेको छ। पण्डित दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायत राष्ट्रियस्तरका वक्ताहरू र भारतबाट जगत गुरुहरूको सहभागिताले महायज्ञ थप भव्य बन्नेछ। निरन्तर हवन, पूजापाठ, आरती, सत्सङ्ग, भजन र सांस्कृतिक कार्यक्रमहरूले कार्यक्रमलाई जीवन्त बनाएको छ।
आयोजक मानव सेवा फाउण्डेशनले सामाजिक सञ्जालमार्फत महायज्ञको महत्त्व प्रचार गर्न छोटा भिडियो बनाउनेहरूलाई रु. २५,००० सम्मको नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने योजना बनाएको छ, जसमा सहभागीले फाउण्डेशनको आधिकारिक पेज ट्याग गरी #मानवसेवाफाउण्डेशन र #गण्डकीकोटिहोम ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। साधु–सन्त, धर्मगुरु, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिसहित करिब ५० जिल्लाबाट स्वयंसेवकहरूको सक्रिय सहभागिताले यो महायज्ञ पोखरेली समाजको साझा उत्सव बनेको छ। श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा लगायतका कथावाचनहरूले धार्मिक आस्थालाई जोड्दै यो महायज्ञले गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनमा दीर्घकालीन योगदान पुर्याथउने अपेक्षा गरिएको छ, जसले पोखरालाई आध्यात्मिक केन्द्रको रूपमा विश्वमाझ चिनाउने अवसर प्रदान गर्नेछ।
पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर को जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बन्दै आएको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माणपश्चात् चैत्र २९ गतेदेखि अनुराधा पाण्डेयद्वारा भागवत कथा प्रवचनको शुभारम्भसँगै दैनिक कथा वाचन शुरु भएको हो। हाल अन्तरराष्ट्रिय कथा वाचिका देवी प्रतिभाले बैशाख १८ गतेसम्म कथा वाचन गर्ने समय तालिका तय भएको छ, जसले भक्तजनलाई आध्यात्मिक रूपमा मन्त्रमुग्ध बनाएको छ।
कार्यक्रममा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संविधान सभा सदस्य ज्ञानेन्द्र शाहिको सहभागिता रहेको थियो । बिहान मात्र कलश यात्रा सम्पन्न गरी भोलि देखि सुरु हुने कोटीहोमको तयारी पुरा भएको महायग मूल आयोजक समितिले जनाएको छ । यसै बिच आज प्रवक्ता शाहिले “धर्म विना राजनीति हुँदैन। गौमाताको हत्या गर्ने हत्यारा नै हो। अब धर्म बचाए मात्र भोलि हाम्रा छोरीचेली, दिदीबहिनी बच्छन्,” भने भनाई राखेका थिए । यो भनाइले धार्मिक मूल्य र आस्थालाई सामाजिक संरक्षण र नैतिकताको आधारका रूपमा प्रस्तुत गरेको छ।
राप्रपा प्रवक्ताले धर्मको नाममा अधर्म गर्नेहरूविरुद्ध कडा अडान राख्दै भने, “धर्मको नाममा कसैले अधर्म गर्छ भने ८१% हिन्दु प्रतिकार गर्न निस्किन्छौँ।” उनले थप जोड दिँदै भने, “धर्म मान्नेले पाप गर्दैन, जसले धर्म मान्दैन त्यसले भ्रष्टाचार गर्छ।” यो अभिव्यक्तिले धार्मिक आस्था र नैतिकताले व्यक्तिगत तथा सामाजिक सुशासनमा महत्त्वपूर्ण भूमिका खेल्ने सन्देश दिएको छ।
चर्चित सामाजिक अभियन्ता तथा पत्रकार अर्जुन भुसालले पोखरामा जारी गण्डकी कोटीहोम महायज्ञमा सहभागी हुँदै धर्म र संस्कृतिको संरक्षणले मात्र मुलुकको अस्तित्व जोगिने बताएका छन्। उनले देशमा पछिल्लो समय धर्म र संस्कृति लोप हुँदै गएको भन्दै यसको संरक्षण र सम्वद्र्धनमा सबै नेपालीको साझा दायित्व रहेको जोड दिए।
गण्डकी कोटीहोमको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भुसालले भने, “हाम्रो धर्म र संस्कृति हाम्रो पहिचानको आधार हो । यसलाई जोगाउन नसके हामीले हाम्रो इतिहास र मूल्य–मान्यता गुमाउनेछौँ , “धर्मको नाममा अधर्म गर्ने प्रवृत्तिलाई समाजले चिनेर निरुत्साहित गर्नुपर्छ। गण्डकीवासीले यो महायज्ञलाई भव्य बनाउनेमा म ढुक्क छु।” उनले युवा पुस्तालाई धर्म र संस्कृतिप्रति जागरूक बनाउनुपर्नेमा विशेष जोड दिए।
भुसालले समाजमा बढ्दो पाश्चात्य प्रभाव र आधुनिकताको नाममा संस्कृति मासिन लागेकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता धार्मिक एवम् सांस्कृतिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे। “गण्डकी कोटीहोम जस्ता कार्यक्रमले हाम्रो धार्मिक र सांस्कृतिक मूल्यलाई पुनर्जागरण गर्ने अवसर प्रदान गर्छ, सुरु नहुदै कार्य भव्य भैसक्यो भने भोली यो भन्दा धेरै साथ मिल्ने म ढुक्क छु,” उनले थपे।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि भुसालको भनाइलाई समर्थन गर्दै धर्म र संस्कृतिको संरक्षणमा सामुदायिक सहभागिताको आवश्यकता औँल्याए। गण्डकी कोटीहोम महायज्ञले स्थानीय समुदायमा धार्मिक जागरण ल्याउनुका साथै सामाजिक एकता र सद्भावलाई पनि प्रवद्र्धन गरेको सहभागीहरूको भनाइ थियो।