सन्जुले ल्याइन् नयाँ गीत ‘थाहै नपाई’

सन्जुले ल्याइन् नयाँ गीत ‘थाहै नपाई’

काठमाडौँ। लोकगायिका सन्जु न्यौपानेले आफ्नो नयाँ गीत ‘थाहै नपाई’ सार्वजनिक गरेकी छन्। सार्वजनिक गीतमा पुरुष स्वरमा उनलाई गायक बिनोद गजमेरले साथ दिएका छन्। गीतका शब्द तथा संगीत आशिष दवाडीले तयार पारेका हुन्। गीतको एरेन्ज बिनोद बाजुरालीले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ खड्क बाजुरालीले गरेका हुन्।

गायिका न्यौपानेको आधिकारिक यूट्युब च्यानल सन्जु न्यौपाने अफिसियल मार्फत गीत सार्वजनिक गरिएको हो। गीतको भिडियो विशाल घिमिरेको निर्देशनमा तयार गरिएको छ। भिडियोमा जुना गुरुङ र भिम बिक फिचर्ड छन् । भिडियोका सिनेम्याटोग्राफर करण चैसर हुन् भने सम्पादन र कलर ग्रेडिङ दिपक विष्टले गरेका हुन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्किइन् सुनिता डंगोल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   10   =