भूर्तेल बन्धु समाज कास्कीको कुलपूजा तथा आठौं वार्षिक साधारण सभा

पोखरा । भूर्तेल बन्धु समाज नेपाल कास्कीको नियमित वार्षिक कुलपूजा तथा आठौं साधारण सभा सम्पन्न भएको छ । सोमबार शुक्ल पूर्णिमा (बुद्धजयन्ती)को अवसर पारेर आयोजित साधारण सभाको शिक्षाविद तथा भूर्तेल बन्धु समाज नेपाल नवलपुरका अध्यक्ष चन्द्रराज भूर्तेलले उद्घाटन गर्दै भुर्तेलहरुको नाममा रहेको एक मात्र स्कूल भुर्तेल प्रा.वि. हुनु गर्वको कूरा रहेको बताए ।
उनले आफूले कर्मथलो नवलपुरलाई बनाएपनि जन्मथलोलाई कहिल्यै नविर्सने उल्लेखगर्दै यहाँको पर्यटन प्रर्वद्धनमा राज्य र समाजसंग मिलेर काम गर्ने बताए । विकासको पहिलो मार्ग सडकले नै खोल्ने भन्दै उनले बाटोघाटोको स्तरोन्नती र कुलमन्दिर निर्माणमा सबै जुट्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रमका विशेष अतिथि पोखरा महानगरपालिका वडा नम्बर २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले वडा मार्फत हुने सम्पूर्ण सहयोग गर्न आफू तयार रहेको बताए । उनले विकास निर्माणमा राजनीति गर्न नहुनेमा जोड दिए । कार्यक्रममा भूर्तेलबन्धु समाज कास्कीका सललाहकारहरु कृष्णमणी भूर्तेल, लक्ष्मीप्रसाद भूर्तेल, बास्तोला कुल सेवा समितिका अध्यष हरिप्रसाद बास्तोला र भूर्तेल बन्धु समाज नेपाल केन्द्रीय तदर्थ समिति संयोजक लिलाकृष्ण भूर्तेल लगायतले भूर्तेलहरुले देश र समाजलाई दिएको योगदान र इतिहासका बारेमा बोलेका थिए ।
अध्यक्ष केपी भूर्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेष्ट नागरिक एवं अगुवा यादवचन्द्र भूर्तेल, कोपिला भूर्तेल, ढुसुरी भूर्तेल, यमनाथ भूर्तेललाई जेष्ठ नागरिक सम्मानबाट सम्मान गरिएको थियो । त्यसैगरी भूर्तेल बन्धु समाजका लागि विशेष योगदान दिने कृष्णमणी/पार्वती भूर्तेललाई सम्मान र कक्षा १२ मा उत्कृष्ठ अंक ल्याउने सुस्मिता भूर्तेलाई सो अबसरमा सम्मान गरिएको थियो ।
कुल पूजाको अवसरमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर के सी भूर्तेल र भूर्तेल बन्धु समाजका केन्द्रीय तदर्थ समितिका पदाधिकारी एवं सदस्यहरुको समेत सहभागीता रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २०, मंगलवार १२:४३अभिनयमा आफ्नो पहिचान बनाउँदै नारायण बिक » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २०, मंगलवार १०:५७विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो
समाचार२०८३ आश्विन २०, मंगलवार १०:०९मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम
समाचार२०८३ आश्विन २०, मंगलवार ०८:०१‘हामी उपभोक्ता पनि हौँ, व्यवसायी पनि’: रमेश अधिकारी








