नेपाल बीमा प्राधिकरण : ५७ औँ वार्षिक उत्सवमा सार्वजनिक यातायातमा स्टिकर

पोखरा, वैशाख ३० । बीमा दिवसको अवसरमा बीमा सचेतनात्मक स्टिकर वितरण कार्य सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरणको आफ्नो ५७ औँ वार्षिक उत्सव तथा बीमा दिवसको अवसरमा विविध सचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको छ । यसै सन्दर्भमा जिल्ला ट्राफिक प्रहरी कार्यालय , कास्कीको समन्वयमा आज मंगलबार पोखरा – ०९ पृथ्वीचोकमा सार्वजनिक यातायातमा स्टिकर (टाँसी), वितरण गरि कार्यक्रम सम्पन्न भएको थियो ।
दुर्घटनामा हुँदैन क्षतिको सीमा त्यसैले गरौँ आफ्नो जीवन , सवारी साधन र सम्पत्तिको बीमाू भन्ने स्टिकरमा उल्लेखित सन्देशमूलक नारालाई संयुक्त रुपमा कार्यक्रममा उपस्थित अतिथिहरुले हस्तान्तरण गरेका थिए । कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख शम्भु प्रसाद मिश्रले गर्नुभएको थियो ।
उक्त आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ गण्डकी समितिका अध्यक्ष केदार पौडेलको उपस्थिति रहेको कार्यक्रममा विशेष अतिथिहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय , कास्कीका प्र.स होमनाथ ढकाल लगायत पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि. का अध्यक्ष योगेन्द्र के.सी त्यस्तै पोखरा निम्स च्याप्टरका अध्यक्ष बद्रिनाथ पौडेल र सर्वियर एसोसियसन पोखरा च्याप्टरका संयोजक बुद्धिराज अधिकारीको विशेष अतिथि रहेको थियो ।
सो कार्यक्रममा प्रदेश प्रमुख सर्वियरहरु , अभिकर्ताहरुको उपस्थिति हुनुको साथै बीमाका शाखा तथा उपशाखा प्रमुखहरुले समेत कार्यक्रममा उपस्थित जनाएका थिए । कार्यक्रमको विधिवत तवरले उद्घाटन नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रले स्टिकरलाई हस्तान्तरण गरि कार्यक्रमलाई औपचारिक रुपमा अगाडी बढाएका थिए ।
बीमा प्रतिको आ–आफ्नो धारणा राख्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि केदार पौडेलले सांकेतिक रुपमा भव्य तथा सान्दर्भिक कार्यक्रम आयोजना गरेकोमा नेपाल बीमा प्राधिकरणप्रति कृतज्ञता प्रकट गरे । हामीले बीमाका सचेतनामूलक कार्यक्रमलाई मनाइरहदा अझैपनि बीमाप्रति केही कठिनाइ र बाधा रहेको बताएका थिए भने हामी सार्वजनिक यातायात व्यवसायीलाई पनि बीमाका कार्यक्रम बीमाका पोलिसिले फाइदा पुग्ने कुरा उल्लेख गरे । बीमा सबैका लागि सहज र सरलीकरण हुनुपर्ने समेत उल्लेख गरे । नेपाल बीमा प्राधिकरणमा हाल शम्भु प्रसाद मिश्र हुनुहन्छ , उहाँले आउँदो दिनमा हामीलाई सहयोग र मार्गनिर्देशन गर्नुहुन्छ भन्ने अपेक्षा राखे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय , कास्कीका प्र.स. होमनाथ ढकालले सवारी साधन दुर्घटना हुनसाथ तत्काल ट्राफिक कार्यालयलाई जानकारी गराउनुपर्ने जिकिर गरे । यदि ट्राफिक कार्यालयलाई जानकारी नदिएको अवस्थामा ट्राफिक कार्यालयले दुर्घटना पत्र दिन नमिल्ने हुँदा जुनसुकै बखत दुर्घटना हुनसाथ १०३ अथवा १०० मा तत्काल फोन गरि जानकारी दिनु अति नै आवश्यक रहेको बताएका थिए । उहाँले हरेक समयमा हाम्रो उपस्थिति रहने उल्लेख गरे , त्यस्तै पृथ्वी राजमार्ग बस संचालक कम्पनि प्रा.लि का अध्यक्ष योगन्द्र के.सी ले बीमा बारे सैद्धान्तिक जस्तो कुरा गरेपनि बीमा हाम्रो व्यवहारिक जीवनमा महत्त्वपूर्ण भएको बताउनुभयो ।
दुर्घटना जुनसुकै समयमा , जुनसुकै स्थानमा हुन सक्ने सम्भावना भएकोेले सबै नागरिकहरु बीमाको दायरामा आउनुपर्ने आग्रह गरेका थिए ।
केहि तस्बिरहरु :
















लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ ३, शुक्रबार २०:१०ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता
समाचार२०८२ पुष २३, बुधबार १४:४७जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीले काहुँखोला र कालीखोला अर्मला क्षेत्रमा बाढी तथा कटान नियन्त्रण कार्य गर्दै
समाचार२०८२ पुष २३, बुधबार ११:२४ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान
समाचार२०८२ पुष २०, आईतवार १८:२४मुस्ताङमा पर्यटन तथा उद्योग र सामाजिक विकास कार्यालय मर्ज








