नीलकण्ठ नगरपालिकाले लगातार तेस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्ड

धादिङ,६ जेठ
चौथौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि धादिङको नीलकण्ठ नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना र नीलकण्ठ नगरपालिकाको व्यवस्थापनमा सम्पन्न भएको प्रतियागिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको हो । सोमबार सम्पन्न भएको प्रतियोगितामा २२ स्वर्ण, ७ रजत र १० कास्यपदक सहित नीलकण्ठ नगरपालिका प्रतियोगिताको विजेता बन्दै रनिङ शिल्ड हात पारेको हो । यो सँगै नीलकण्ठ नगरपालिकाले लगातार तेसे पटक जिल्ला स्तरीय रनिङ शिल्ड जितेको हो ।

राष्ट्रपति रनिङ शिल्डमा थाक्रे गाउँपालिका दोस्रो भएको छ । थाक्रे गाउँपालिकाले ८ स्वर्ण पदक, ११ रजत र ८ कास्य पदक सहित दोस्रो स्थान हासिल गरेको हो ।प्रतियोगितामा रुवीभ्याली गाउँपालिका तेस्रो भएको छ । रुवीभ्यालीले ५ स्वर्ण पदक, ३ रजत पदक र २ कास्य पदक सहित तेस्रो स्थान लिन सफल भएको छ । जिल्लाका १३ वटा स्थानिय सरकार मध्ये एघार वटा स्थानीय सरकारले प्रतियोगितामा भाग लिएका थिए ।पुरस्कार वितरण तथा समापन समारोहका प्रमुख अतिथी नीलकण्ठ नगरपालिकाका मेयर तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरीरहेको बताउनुभयो ।

खेल शिक्षक नियुक्त गरेर होस वा पालिकामा विभिन्न खेलकुद प्रतियोगिता सन्चालन गरेर भएपनि खेलाडी उत्पादन गरीरहेको बताउनुभयो । प्रतियोगिताले जिल्लाभरिका खेलाडीबीच आपसी समझदारी, मित्रता र खेल भावना प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिनुभयो। धादिङ जिल्लामा आयोजित यो प्रतियोगिता विद्यालयस्तरका खेलाडीहरूका लागि क्षमता प्रदर्शन गर्ने उत्कृष्ट मञ्च भएको सहभागी विद्यालयहरूको प्रतिक्रिया रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ९, मंगलवार १९:१४विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
खेलकुद२०८३ असार ९, मंगलवार १०:५०कतारमा भएको विस्फोटमा नेपाली घाइते « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ९, मंगलवार १०:३७डेब्यु चलचित्रमै मुख्य भूमिकामा समिया, ‘तीन तिघ्रे क्या बिग्रे’ मा भित्रिइन्
कला, विचार/मनोरञ्जन२०८३ असार ९, मंगलवार ०८:२२चाम्सको निर्देशनमा मदनकृष्ण श्रेष्ठको जीवनमाथि चलचित्र ‘मदनकृष्ण’ बन्ने








