आजदेखि हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता,१३ टिमकाे सहभागिता रहने

हेमजा । आजदेखि पाेखरा २५ हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता शुरु हुदैछ । “युवा एकता र विकासका लागि खेलकुद ” भन्ने मूल नाराका साथ हेमजा यूनाईटेडकाे आयोजनामा हुने प्रतियाेगितामा १३ टिमकाे सहभागिता रहनेछ ।
आगामी १७ गतेसम्म हुने ३५ वर्ष भन्दा माथि उमेर समूहबिचकाे अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताकाे पहिलाे खेल आयोजक हेमजा युनाइटेड निलो र वडा न. २९ बिच बिहान ठिक १०ः०० बजे हुने क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्र बहादुर कुवँरले जानकारी दिए ।
दोस्रो खेल वडा न. १५ र १६ बिच हुने छ । प्रतियोगितामा पोखरा महानगरपालिका वडा नं २५ को २ समूह सहित १३ समूहले सहभागिताको लागि टिम दर्ता गरेका छन् ।
प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गर्ने क्लवका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले यस प्रतियोगिताले एकता भाईचार बढाउँदै खेलकुदमा अभिरुचि जगाउने विश्वास समेत व्यक्त गरे ।

प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिने छ ।
साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई Kनगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिने खेल समन्वय संयोजक सौरभ कार्कीले जानकारी दिए ।
पोखरा महानगर एवं २५ नं वडा कार्यालयको संरक्षणमा हुने यस प्रतियाेगितामा गण्डकी प्रदेश फुटबल संघ, कास्की जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगीको भुमिका रहेको छ । खेल पोखरा–२५, हेमजा गौरीशङ्कर खेल मैदान(गैरी)मा हुने छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18320, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २९, शुक्रबार १७:२८‘पोखरा घर’बाट पाँच सेवा, स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्धनसम्म जोड
समाचार२०८३ श्रावण २९, शुक्रबार १०:३९मोदी खोला बाढी: मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
समाचार२०८३ श्रावण २६, मंगलवार २१:२४अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
समाचार२०८३ श्रावण २५, सोमबार ११:३६सुनको मूल्य २ सय रुपैयाँ घट्यो, चाँदी बढ्यो







