‘नेपालमा पर्यटक बढि ल्याउन भिसा सहज बनाउनु पर्दछ’-हङकङ डिस्ट्रिक्ट काउन्सिलर गुरुङ

पोखरा ।
हङकङकी डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले नेपाल पर्यटक बढाउनका लागि भिजा प्रक्रिया सहज बनाउनु पर्ने बताएकी छन् । पोखरा पर्यटन परिषद्ले पोखरामा आयोजना गरेको स्वागत कार्यक्रममा गुरुङ नेपाल हङकङबाट पर्यटक बढाउने हो भने भिसा दिने प्रक्रिया सहज बनाउनु पर्ने बताइन् । उनले नेपाल आउनका लागि ६ हप्ता पहिल नै भिसा एप्लाई गर्नु पर्ने अहिलेको प्रक्रियालाई सहज बनाउनु पर्ने उनको भनाई छ । सके अनएराइभल भिसा दिए हुन्छ उनले भनिन् नभए एक हप्ता भन्दा लामो समय लाग्ने प्रक्रियालाई सहज बनाउनु पर्ने बताइन् ।
उनले हङकङ सरकारले पर्यटन क्षेत्रमा धेरै लागनी गरेको भन्दै नेपाल सरकार पनि लाग्नु पर्ने बताइन् । उनले नेपाल र पोखरामा पर्यटक बढाउन आफुहरुले विभिन्न योजना बनाएको बताइन् । पोखरा विमानस्थलबाट सिधै हङकङ उठानका लागि पहल गर्ने उनले बताइन् । हङकङमा ३० हजार नेपाली रहेकामा आधा गण्डकी प्रदेश कै भएको बताउदै पोखराबाट हङकङ सिधा उडान सम्भव भएको बताइन् । अहिले काठमाडौ दिनहु उडान भएका कारण पोखराबाट पनि हप्तामा एउटा उडान हुन सकने बताइन् ।
कार्यक्रममा एनआरएनए हङकङका कुल प्रसाद गुरुङले पोखरामा पर्यटक बढाउन आफुहरु लागेको बताए । पोखरा र नेपालका विभिन्न ठाउँको हङकङमा प्रचार प्रसार गर्ने गरेको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले उनीहरुलाई स्वागत गर्दै नेपालमा हङकङबाट अन्य देशका पर्यटकहरु पनि आउने हुदाँ नेपाल बारे प्रचार प्रसार आवश्यक रहेको बताए ।
कार्यक्रममा पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश भट्टराईले पोखरा विमानस्थल तयार भएका कारण हप्ता एक दिन भए पनि पोखराबाट हङकङ सिधा उडान हुनुपर्ने बताए । पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सुर्य बहादुर भुजेल, चिरञ्जीवि पोखरेल, परिषद्का उपाध्यक्ष चौ बहादुर गुरुङ, नाट्टा पोखरा अध्यक्ष किशोर दाहाल, परिषद्का महासचिब जीवनराम सापकोटा लगाएतले पोखराको प्रचार प्रसार हङकङमा हुन सके पर्यटक बढ्नेमा जोड्दिए । उनीहरुले पछिल्लो समय हङकङ र चीनबाट आउने पर्यटक घट्दै गएकाले पनि प्रचार प्रसारमा ध्यान दिनु पर्ने बताए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18549, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १७, बिहीबार ०१:१८पोखरामा तीन दिनसम्म जेसीज सप्ताहन्त, युवाका लागि विभिन्न कार्यक्रम
समाचार२०८३ बैशाख १६, बुधबार १९:२१श्रम कानून तथा श्रमसम्बन्धी अन्तरक्रिया
समाचार२०८३ बैशाख १६, बुधबार १९:०७दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड वैशाख ३१ मा, ९ विधामा सम्मान गरिने
समाचार२०८३ बैशाख १५, मंगलवार २०:२४पोखरामा जुवातास खेल्दै गरेका ८ जना ६३ हजार नगद सहित पक्राउ








