नेपाल पत्रकार महासंघ कास्कीमा मल्टिमिडिया पत्रकारिता तालिम सुरु

पोखरा ।
नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने मल्टिमिडिया पत्रकारिता तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालले समाजलाई सचेत, सुशुचित र सक्रिय गराउने काम पत्रकारिताको भएको बताए । पत्रकारलाई गतिशिल बनाउन मदत गर्ने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष कृष्ण प्रसाद वास्तोलाले हाल संचार क्षेत्रमा आर्थिक मन्दिको अवस्था रहेको बताउदै पत्रकारिता क्षेत्रमा आकर्षण बढाउन र प्रविधिको प्रयोग गर्दै यस क्षेत्रलाई परिस्कृत तबरले आगाडी बढाउन तालिम प्रभावकारी हुने बताए ।
नेपाल खोजमुलक मल्टिमिडिया पत्रकारिता संजालको प्राविधिक सहयोगमा संचालित तालिमका प्रमुख प्रशिक्षक संजालका संस्थापक रननीश भण्डारी रहेका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष माधव रेग्मी र संचालन सचिव भुपाल गुरुङले गरेका थिए ।
तीन दिन सम्म संचालन हुने तालिममा विभिन्न संचारमाध्यममा आवद्व ६० जना पत्रकार एंवम संचारकर्मीको सहभागिता रहेको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18596, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ९, सोमबार ००:००पूर्वी नेपालमा जाउँ है पोखरा अभियान
समाचार२०८२ चैत्र ८, आईतवार ०३:३१पोखरामा २१औँ खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप–सम्पन्न:भारतका अक्षय र चीनका झाउ च्याम्पियन, महिलातर्फ कोङ सियाङ यान उत्कृष्ट
समाचार२०८२ चैत्र ८, आईतवार ०३:२५१२ चैतमा सांसदको,१३ चैतमा प्रधानमन्त्रीको शपथ
समाचार२०८२ चैत्र ६, शुक्रबार १९:१८पाेखरामा ‘फ्लाइओभर सिनेमा’ सञ्चालनमा






