सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

बैतडी, ३ असार । सुर्नया गाउँपालिकाको वडा ७ र ८मा ठेउला सङ्क्रमण फैलिदा बालबालिका प्रभावित भएका छन् । बालबालिका प्रभावित भएपछि यहाँका केही विद्यालयको पठनपाठन समेत बन्द गरिएका छन् ।
ठेउला सङ्क्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित भएकाले केही विद्यालयसमेत बन्द गरिएका छन् । ठेउला सरुवा सङ्क्रमण भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । यसबाट बालबालिका, गर्भवती, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति बढी प्रभावित हुने भएकाले ध्यान दिनुपर्नेमा उनको जोड छ ।
ठेउला भएमा ज्वरो आउने, शरीरभरि बिमिरा आउने, शरीर दुख्ने, भोक नलाग्नेलगायत लक्षण देखापरेका छन् । यस्ता लक्षण देखापरेमा नजिकका स्वास्थ्य संस्थामा सम्पर्क राख्न आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
ठेउला सङ्क्रमित व्यक्तिलाई केही समय होम आइसोलेसनमा राख्नुपर्ने उनले बताए । यसका साथै व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन भनिएको छ । केही ठाउँमा ठेउला रोग देखिएकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले बताए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान









