नोबेलमा कोक्लियर इम्प्लान्ट सेवा उपलब्ध

विराटनगर, ३० असार । विराटनगर– ४, कन्चनबारीस्थित नोबेल शिक्षण अस्पतालले कोक्लियर इम्प्लाण्ट शल्यक्रिया प्रविधि भित्र्याएको छ । अस्पतालमा पत्रकार सम्मेलन गरी भित्र्याइएको प्रविधिबारे जानकारी दिइएको हो । नोबेलका संचालक समितिका सल्लाहाकार सोइना शर्मा, अस्पताल निर्देशक प्रा.डा.राजेश नेपाल, नाक कान घाँटी रोग विभागकी प्रमुख डा.मीनाक्षी बस्नेत र नाक कान घाँटी विशेषज्ञ डा.शंकरप्रसाद साहको उपस्थिति रहेको पत्रकार सम्मेलनको सहजिकरण अस्पताल महाप्रबन्धक दीपेश राईले गरेका थिए ।
कार्यक्रममा कोक्लियर इम्प्लान्टको प्रक्रिया, यसको फाइदा र नेपालमा यसको उपलब्धताका बारेमा विस्तृत जानकारी दिइएको थियो । साथै सुन्ने समस्या भएका बालबालिकालाई समयमै उपचार गराउनु पर्नेमा जोड दिइएको थियो । डा.शंकरप्रसाद साह नेतृत्वको टोलीबाट हालसालै सफलतापुर्वक सम्पन्न कोक्लियर इम्प्लाण्ट शल्यक्रिया पछि ती बालकहरूले श्रवण शक्ति प्राप्त गरेकोमा सवैले खुशी व्यक्त गरेका थिए ।
सो क्रममा पत्रकार तथा अन्य उपस्थितहरूको जिज्ञासाहरूको डा.मीनाक्षी बस्नेत, डा.शंकरप्रसाद साह तथा अस्पताल निर्देशक प्रा.डा.राजेश नेपालबाट प्रष्ट पारिएको थियो । कार्यक्रममा सफल कोक्लियर इम्प्लान्ट शल्यक्रियापश्चात् सामान्य जीवनमा फर्किएका बालबालिका र उनीहरूका परिवारजनले आफ्ना अनुभवहरू सुनाएका थिए। परिवारजनले आफ्ना सन्तानले सुन्न र बोल्न थालेपछि जीवनमा आएको परिवर्तनप्रति खुसी व्यक्त गरे।


लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:४२सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:३१‘गंगा रानी’ मा वर्षा अनुबन्धित, नयाँ कलाकारको खोजी
समाचार२०८३ जेष्ठ १२, मंगलवार १८:५७संस्थागत क्षमता (LISA) र वित्तीय सुशासन मूल्याङ्कन (FRA) मा नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट
खेलकुद२०८३ जेष्ठ १२, मंगलवार १३:३८प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न









