राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ। अनामनगरस्थित सामाजिक विकास भवनमा राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष नारायण थापा, वरिष्ठ उपाध्यक्ष दीपक शर्मा, महासचिव सनम कठायत, सचिव रिता केसी, सचिव बेनिशा पौडेल, कोषाध्यक्ष प्रतिक्षा काफ्ले, सदस्यहरू मनोज परियार, बिरेन्द्र भाट ‘बिपिन’, प्रमोद डिजी, विनोद बम, पूजा ठकुरी, सुवास तिम्सिना, प्रज्वल भट्ट, गीता पाण्डे र कोपिला शिवाकोटी सहभागी थिए।
त्यस्तै, प्रहरी अतिरिक्त महानिरीक्षक तथा गीतकार टेक तामाङ, गीतकार-संगीतकार कस्तुप पन्त, गायक-संगीतकार नरहरी प्रेमी, चर्चित गायक कुलेन्द्र बिस्वकर्मा, सिडी विजय अधिकारी सहित गायक, गायिका, संगीतकार, गीतकार, चलचित्र र ललितकलाका विभिन्न विधाका ६३ जना व्यक्तिहरुले रक्तदान गरे।
कार्यक्रमका प्रमुख वक्ता अध्यक्ष थापाले सामाजिक उत्तरदायित्वअन्तर्गत ब्लड बैंकमा भइरहेको रगत अभाव न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिए। साथै, रक्तदानमा सहकार्य गर्ने सम्पूर्ण सहभागीहरूलाई धन्यवाद व्यक्त गरे।
कार्यक्रममा वरिष्ठ कलाकार धिरेन शाक्य, संगीतकार चेतन सापकोटा, संगीतकार संघ नेपालका अध्यक्ष अष्ट लामा, रोयल्टी संकलन समाजका सचिव बसन्त सापकोटा, गीतकार शंकर अधिकारी ‘घायल’, म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, राप्ती समाजका अध्यक्ष गोबिन्द मधुर आचार्य, वरिष्ठ पत्रकार तथा गीतकार डब्बु क्षेत्री लगायत प्रतिष्ठानका सल्लाहकारहरू रबिन्द्र बराल, रमेश दहाल, डा. ओमकृष्ण प्रसाई, माधवराज खरेल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ३१, बुधबार १४:०७स्तन क्यान्सर सचेतनाका लागि असोज १७ मा ‘पिंकवाक २०२६’ आयोजना हुँदै, वसन्तपुरदेखि पाटनसम्म पदयात्रा
खेलकुद२०८३ भाद्र ३१, बुधबार ११:४६नेपालले आज जापानसँग भलिबल खेल्दै
समाचार२०८३ भाद्र ३१, बुधबार ०६:१३एक हजार ३९९ शव फेला
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार २०:००चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार









