त्रिशुली आसपासका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन प्रशासनको अपिल,उद्धार र सुचना प्रवाह गर्न ५६ जना प्रहरी परिचालन

धादिङ,१४ साउन
रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ लेन्दे खोलामा मित्र राष्ट्र चीनतर्फबाट असार २४ गतेकै जस्तो उच्च बहावमा पानी आएको कारण त्रिशुली नदिमा पानिको बहाब बढेको छ । बिहान २ः०० बजेदेखि बाढीको अवस्था देखिएको छ ।उक्त बाढी नुवाकोट जिल्लाको बिदुर नगरपालिका क्षेत्रमा बिहान करिव ४ बजे प्रवेश गरिसकेको छ । हाल त्रिशुली नदी हुँदै धादिङतर्फ बगिरहेको बाढीका कारण त्रिशुली नदि आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेको छ ।
स्थिति गम्भीर देखिएपछि नेपाल प्रहरी, ईलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक सुन्दर यादवको कमाण्डमा विभिन्न प्रहरी चौकीहरूबाट खटिएको ५६ जनाको टोली र सशस्त्र प्रहरी बल, नेपाल बिपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब निरीक्षक चुनचुन कुमार सिंहको कमाण्डमा ७ जनाको डिजास्टर म्यानेजमेन्ट टोली बिहान ४ः१५ बजे उद्धार सामग्रीसहित प्रभावित क्षेत्रमा खटाईएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।
बाढीको जोखिम बढ्दै गएको सूचनापछि त्रिशुली नदी किनार आसपास माइकिङ गरेर सचेतना फैलाउने कार्य भइरहेको छ भने सबै सुरक्षा निकायहरूलाई सक्रिय रूपमा परिचालन गरिएको घिमिरेल नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो।हाल नदी र खोलाको किनारमा नजान, जोखिमपूर्ण स्थानहरूमा जान नखोज्न र त्यस्ता स्थान देखिएमा सुरक्षा निकायलाई तत्काल जानकारी दिनुहुन अनुरोध गरिएको छ ।त्यस्तै, सवारी साधन सञ्चालन गर्दा विशेष सावधानी अपनाउन र प्रहरीद्वारा जारी सूचना अनुसारमात्र सवारी चलाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।
फोटोःरेडियो लाङटाङको फेसबुक पेजबाट साभार
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २, बुधबार २२:३२‘जेरी : द लास्ट क्लाइम्ब’मा अनमोलको इन्ट्री
समाचार२०८३ बैशाख २, बुधबार २०:१७जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन
खेलकुद२०८३ बैशाख २, बुधबार ११:३९ट्राफिकले जाँचका क्रममा लिएका कागजपत्र लिन कोही नआएपछी….
खेलकुद२०८३ बैशाख २, बुधबार १०:४७दिल्लीमा पुगेर बाबुरामले भने–’जेनजीको शक्तिशाली प्रदर्शनबाट ठुला दलहरूको सरकारलाई ढालेरै छाड्यो’








