दयाहाङ राईको ‘मैझारो’मा इन्ट्री, सुटिङ स्थलबाट बाहिरियो यस्तो लुक्स

काठमाडौं। फिल्म ‘मैझारो’को सुटिङ सेटबाट अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक भएको छ। फिल्मको छायांकन अन्तिम चरणमा पुगेको बेला उनी लिम्बू समुदायको भेषमा एक हातले तीर हान्दै गरेको अवस्थामा देखिएका छन्।
निर्माण पक्षले उनको भूमिकाबारे कुनै जानकारी खुलाएको छैन। यसअघि यो फिल्ममा उनी हुने–नहुने विषयमा पनि निर्माण पक्ष मौन रहेको थियो। अन्ततः उनी फिल्ममा अनुबन्ध भएको बुझिएको छ। निर्देशक विल्सन बिक्रम राईले दयाहाङलाई समावेश गरेर दर्शकलाई सरप्राइज दिएका छन्।
साउनको पहिलो हप्ताबाट इलाममा छायांकन थालिएको मौलिक प्रेमकथामा आधारित यस फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायत कलाकारहरू रहने जनाइएको थियो। तर दयाहाङको नाम प्रारम्भिक सूचीमा नखुलाइएको निर्माण पक्षले अन्ततः उनको मुख्य भूमिकामा उपस्थितिको पुष्टि गरेको छ।
निर्माण पक्षका अनुसार फिल्मको छायांकन अहिले अन्तिम चरणमा पुगेको छ। निर्देशक राईकै कथामा तयार भइरहेको यस फिल्मको छायांकन इलामको देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थानहरूमा गरिएको हो।
विल्सन बिक्रम राईकै कथा तथा पटकथामा बनेको ‘मैझारो’मा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहेको छ भने राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारीलगायतका गायक–गायिकाको स्वर रहनेछ। सौरभ लामाले छायांकन गरेको यस फिल्मको वितरण आरआर फिल्मले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। फिल्म ‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको हो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप









