‘गोबर गणेश’को शुभ मुहूर्त सम्पन्न, छायांकन सुरु

काठमाडौं। हास्यप्रधान नेपाली चलचित्र ‘गोबर गणेश’ को मंगलबार काठमाडौंको म्हेपी मन्दिरमा विशेष पूजा गर्दै शुभ मुहूर्त गरिएको छ। शुभमुहूर्त कार्यक्रममा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) सहित मुख्य कलाकारहरूको बाक्लो उपस्थिति थियो। क्यामेरा पूजा र नरिवल फुटाउने विधि पश्चात् अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ ले पहिलो दृश्यको उद्घाटन गरे भने कलाकार रवि गिरीले क्ल्याप दिएर छायांकनको औपचारिक सुरुवात गरे।
चलचित्रको छायांकन मुहुर्त संगै सुरु भएको हो। काठमाडौंबाट थालिएको छायांकन यात्राले पोखरा लगायतका स्थान समेट्नेछ। निर्देशक श्रेष्ठका अनुसार करिब ३५ दिनको सेड्युल तय गरिएको छ।

“हामीले आजबाट छायांकन सुरु गरेका छौं। हाम्रो कला र सीपको भरपुर उपयोग गर्दै राम्रो काम दिने प्रयास हुनेछ,” निर्देशक श्रेष्ठले बताए। उनले थपे, “सानो पर्दामा जस्तै, ठूलो पर्दामा पनि दर्शकको माया र साथको अपेक्षा गरेका छौं।”
‘गोबर गणेश’ निर्देशक मरिचमान श्रेष्ठको पहिलो फिचर फिल्म हो। ‘मेरी बास्सै’ मार्फत घरघरमा चिनिएका उनी पछिल्ला वर्षमा ‘हल्का रमाइलो’ र ‘जुठे’ जस्ता सफल टेलिचलचित्र निर्देशन गरिसकेका छन्।
बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो चलचित्रमा वर्षा सिवाकोटी मुख्य अभिनेत्रीको रूपमा देखिनेछिन्। साथै कलाकारहरूमा मरिचमान श्रेष्ठ, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, रामप्रसाद खनाल, सन्तोष बानिया, माओत्से गुरुङ, सिता देवी तिमल्सिना, पुजन घिमिरे (पुकु) लगायतको अभिनय रहनेछ।
चलचित्रमा तारानाथ न्यौपाने चिफ असिस्टेन्ट डाइरेक्टरको रूपमा छन् भने योगेश काजी शाहको ब्याकग्राउन्ड स्कोर, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको छायांकन र विपिन मल्लको सम्पादन रहनेछ।
चलचित्र माघ १ गते देशभर प्रदर्शनमा आउने तय भएको छ। डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल र वितरणको जिम्मा श्री ब्याकटेस इन्टरटेनमेन्टले लिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार १६:४१चलचित्र ‘बेहुली’को रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक
समाचार२०८३ भाद्र ७, आईतवार १३:४२वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
खेलकुद२०८३ भाद्र ७, आईतवार ०८:४५ला लिगामा रियल म्याड्रिडको विजयी शुरुवात
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ६, शनिबार २१:३२‘पार्वती’को अन्तर्राष्ट्रिय अधिकार बिक्री, अमेरिका र अस्ट्रेलियामा सेप्टेम्बरमा रिलिज









