धादिङमा कर्फ्यु आदेश जारी

धादिङबेसी । धादिङ कारागारको सुरक्षामा खलल पुग्ने अवस्था देखिएपछि जिल्लामा कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले आज बुधबार बेलुका ५ बजेदेखि अर्को आदेश नआएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् ।
आदेशअनुसार धादिङबेसी बजार क्षेत्र, पश्चिममा धादिङबेसी–सल्यानटार सडक, पूर्वमा ईजारा चौतारा, उत्तरमा थोपलखोला र दक्षिणमा अरुङ खोला सम्मको क्षेत्रमा कर्फ्यु लागु हुने जनाइएको छ ।
कर्फ्यु अवधिमा कसैले आवत जावत गर्न, सभा, जुलुस, प्रदर्शन, बैठक, जुलुसजस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ । त्यस्तै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कन परेमा सुरक्षा कर्मी संग समन्वय गरेर मात्र हिडडुल गर्न प्रशासनले आग्रह गरेको छ ।
प्रशासनले कर्फ्यु उल्लंघन गर्नेहरूमाथि कानूनी कारबाही हुने चेतावनी पनि दिएको छ ।
यद्यपि, अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, पत्रकार, पर्यटक सवारी साधन, मानव अधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनलाई भने अनुमति पत्र र परिचयपत्रको आधारमा आवतजावत गर्न दिने व्यवस्था गरिएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २९, बुधबार १५:४०एमाले महाधिवेशन आगामी मङ्सिरमा आयोजना गर्ने प्रस्ताव
स्वास्थ्य/जानकारी टिप्स२०८२ आश्विन २९, बुधबार ११:५९पूर्वतयारीले डेङ्गु सङ्क्रमण न्यून « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २९, बुधबार ०९:३२चलचित्र ‘एक्लो’को कविता नेपाली फिचर्ड गीत सार्वजनिक
समाचार२०८२ आश्विन २९, बुधबार ०७:४६काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा