‘हरिबहादुरको जुत्ता’ सेन्सर पास, दशैंमा रिलिज हुने

काठमाडौं । यस वर्षको अत्यधिक प्रतिक्षित नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ सेन्सर पास भएको छ। केन्द्रिय चलचित्र जाँच समितिले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ, जसअनुसार यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्।
सेन्सर बोर्डका सदस्यहरू चलचित्रको क्लाइमेक्स अवलोकन गर्दा भावुक भएको बताइएको छ। उनीहरूले हसाउँदै–हसाउँदै अन्त्यमा हृदय छुने कथा पस्कन सफल भएको प्रतिक्रिया दिएका छन्।
दिपेन्द्र के. खनाल निर्देशित यस चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने र कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। चलचित्रका छायाकार कृष्ण बहादुर थापा र सम्पादक नकुल खड्का रहेका छन्।
संगीतमा वसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतको सिर्जना रहेको छ भने स्वरमा आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईलाई सुन्न सकिनेछ।
‘हरिबहादुरको जुत्ता’ दशैंको फूलपाती (असोज १३ गते) देखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ७, आईतवार १३:४२वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ६, शनिबार २१:३२‘पार्वती’को अन्तर्राष्ट्रिय अधिकार बिक्री, अमेरिका र अस्ट्रेलियामा सेप्टेम्बरमा रिलिज
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ६, शनिबार २१:२७‘खोज तलास’को पोस्टर सार्वजनिक, वर्तमान राजनीति र सामाजिक घटनाको कथा
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ६, शनिबार २१:१२निःशुल्क स्वास्थ्य शिविरमा ४०० जनाले लिए स्वास्थ्य सेवा









