चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न सरकार दत्तचित्त भएर लागेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार दत्तचित्त भएर लागेको बताउनुभएको छ ।
नेपाल संवत् नयाँ वर्ष ११४६ को अवसरमा नेपाल संवत् न्हूदँ संरक्षण समाजले आज वसन्तपुरमा आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले प्राप्त जिम्मेवारीअनुरुप सम्पूर्ण नेपाली जनताको सहभागितासहित निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री कार्कीले भन्नुभयो, “प्रत्येक दिन राजनीतिक दलहरुसँग कुनै न कुनै रुपमा संवाद भइरहेको छ । परिवर्तनका बाहक ‘जेनजी पुस्ता’ का प्रतिनिधिहरूसँग पनि निरन्तर संवाद र सम्पर्कमा छौँ । निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा मौन बसेका छौँ भन्ने होइन ।”
उहाँले नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व पनि वर्तमान सरकारमाथि रहेको बताउँदै यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरुबाट काम अघि बढिरहेको जानकारी गराउनुभयो ।
उहाँले भ्रष्टाचार अन्त्यसहित सुशासन र निर्वाचनका पक्षमा जुटेको सरकारलाई नागरिक समाजको साथ सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री कार्कीले समाजमा आपसी सद्भाव र एकता कायम गर्दै लोकतन्त्र जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गर्नका लागि पनि सबैसँग आह्वान गर्नुभयो ।
प्रधानमन्त्री कार्कीले भन्नुभयो,“भ्रष्टाचार अन्त्यसहित विधिको शासन कायम गरी प्रतिनिधिसभाको निर्वाचन गराइ मुलुकलाई राजनीतिक निकास दिने मुल जिम्मेवारीका साथ अघि बढिरहेको वर्तमान सरकारलाई सबै राजनीतिक दल, नागरिक समाज, आमनेपाली जनताका तर्फबाट साथ, सहयोग प्राप्त हुने विश्वास लिएकी छु ।”
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक ९, शनिबार ०८:२७आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
समाचार२०८२ कार्तिक ९, शनिबार ०८:००मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक ८, शुक्रबार २१:०४‘वरिष्ठ बलराम’ले कमायो दर्शकको मन, दोस्रो दिन पनि देशभर हाउसफूल
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक ८, शुक्रबार २०:४१ओएसआर डिजिटल १ करोड सब्स्क्राइबर क्लबमा, नेपाली डिजिटल क्षेत्रमा ऐतिहासिक उपलब्धि







