पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ), १८ कात्तिक । पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।
नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो एक्सरे सेवा थप गरेको छ ।
अस्पताल प्रमुख डा सफल सापकोटाका अनुसार अस्पतालले यस अगाडि प्रयोगशाला र फार्मेसी सेवा प्रदान गर्दै आएको थियो । “बागलुङ नगरपालिकाले एक जना मेडिकल अधिकृत र गण्डकी प्रदेश सरकारबाट एक जना गरी दुईजना मेडिकल अधिकृत कार्यरत छौँ, अस्पतालले अहिले गर्भवतीका लागि भिडियो एक्सरे सेवा र एक्सरे सेवा प्रदान गर्दै आएका छौँ”, डा सापकोटाले भने, “समयमै भवन निर्माण नहुँदा चुनौतीका बीच सेवा विस्तार भइरहेको छ, आधारभूत अस्पतालबाटै दुई जना मेडिकल अधिकृतले सेवा दिनु भनेको राम्रो हो, स्वास्थ्य बीमाको सेवा विस्तारको योजनामा छौँ ।”
हालै एक जना मेडिकल अधिकृत थप गरिएको र एक्सरे उपकरण, रेडियोग्राफरबाट एक्सरे सेवा प्रदान गरिएको बागलुङ –१३ का वडाध्यक्ष नारायण पौडेलले जानकारी दिए ।
नगर अस्पताल निर्माणका लागि स्थानीयको सक्रियतामा नौ रोपनी जग्गा व्यवस्थापन गरेर २०७८ साल असारबाट रु १८ करोड लागतमा भवन निर्माण थालिएको थियो । निर्माण कम्पनीले भवन २०८३ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । भवन निर्माणका लागि तेस्रोपटक २०८३ असार १९ गतेसम्म म्याद थप गरिएको छ । समयमै भवन नबन्दा भौतिक संरचनाको भने अभाव खड्किएको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:१३महेश, अञ्जना र सुशांकलाई लिएर राजिव गुरुङले घोषणा गरे ‘आशा’
खेलकुद२०८३ असार २६, शुक्रबार ०६:५१फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश









