‘जारी २’ मा दयाहाङ राईका तीन रूप: प्रेम, रिस र पश्चाताप

काठमाडौँ । कात्तिक २१ गते रिलिज हुने वर्षकै प्रतिक्षित सिनेमा ‘जारी २’ले दयाहाङ राईलाई एकदमै फरक तीन मनोवैज्ञानिक अवस्थाबाट गुजार्ने संकेत ट्रेलरले दिएको छ प्रेमिल, रिसाहा र तनावग्रस्त।
ट्रेलरको शुरूआतमा दयाहाङ प्रेममा डुबेका पतिका रूपमा देखिन्छन्। श्रीमतीसँग मिलेर घर–गृहस्थी सम्हाल्ने, च्याब्रुङ बजाउँदै मेलापात घुम्ने र रमाइला क्षण बाँड्ने दृश्यले उनको नरम रूप झल्किन्छ।
तर समय बद्लिन्छ। दोस्रो चरणमा उनी रिसको भुंग्रोमा फस्छन्। श्रीमतीसँगको सामान्य विवाद झगडामा बदलिन्छ, घरका सामान उछिट्याइन्छन्, कठोर शब्द बोलिन्छन्। यतिखेर दयाहाङ क्रोधी, अनियन्त्रित र आत्मकेन्द्रित देखिन्छन् यसले उनीहरूको सम्बन्ध भत्किन लागेको संकेत दिन्छ।
अन्तिम चरणमा उनी एक्लोपन र पश्चातापमा डुब्छन्। श्रीमती माइत गएको छ, घर शून्य छ, र उनी आफ्नै निर्णयसँग जुधिरहेका छन्। इनै क्षणमा अर्को सम्बन्धको सम्भावना उभिन्छ तर मन भने पुरानै सम्बन्ध फर्कने आशामा अडिन्छ।
‘जारी २’ले दयाहाङका यी तीन फेजमार्फत एक पुरुषको भावनात्मक यात्रा प्रेमदेखि विनाश र पछुतोसम्म चित्रण गर्नेछ भन्ने संकेत स्पष्ट छ।
उपेन्द्र सुब्बा निर्देशित र रामबाबु गुरुङ, मधु मिजार तथा जीवन गुरुङ निर्मित सिनेमामा दयाहाङ राईसँगै मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, माओत्से गुरुङलगायतको अभिनय छ। बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको संयुक्त ब्यानरमा तयार गरिएको सिनेमा ‘जारी’ को सफलतापछिको दोस्रो अध्याय हो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३१, बुधबार ०६:१३एक हजार ३९९ शव फेला
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार २०:००चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार १९:४३‘झिंगे दाउ २’ को ‘ए माया नजिकै सर’ सार्वजनिक, गीतमा देखियो दशैंको झल्को
समाचार२०८३ भाद्र ३०, मंगलवार १६:२२नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन









