आँखा शिविरबाट २४२ जना लाभान्वित « रिपोर्टर्स नेपाल

जुम्ला, २१ कात्तिक । सिन्जा गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घको समन्वय र हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यहाँ सञ्चालन भएको निःशुल्क आँखा शिविरमा २४२ जना लाभान्वित भएका छन् ।
बिहीबार सम्पन्न दुईदिने निःशुल्क शिविरमा ४८ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको सिन्जा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिए । शिविरमा १२६ महिला र ११६ जना पुरुषले सेवा लिएका थिए । बिरामीको आवतजावतदेखि आवाससम्मको खर्च गाउँपालिकाले व्यवस्थापन गरेको हो ।
नागरिकको इच्छाअनुसार स्थानीय सरकारले स्वास्थ्य सेवालाई गाउँकेन्द्रित गरेको सिन्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।
यसैबीच, चालु आर्थिक वर्षको प्रथम तीन महिनामा जिल्लाका एक हजार ४७० जनाको नेत्र परीक्षण गरिएको यहाँस्थित नेत्रज्योति सङ्घले जनाएको छ । गत आवमा पाँच हजार ७०० जनाले सेवा लिएका थिए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:१३महेश, अञ्जना र सुशांकलाई लिएर राजिव गुरुङले घोषणा गरे ‘आशा’
खेलकुद२०८३ असार २६, शुक्रबार ०६:५१फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश









