‘लडाइँ पहिचानको’ ट्रेलर सार्वजनिक | Celebrity Nepal

काठमाडौं । पहिचानवादी आन्दोलनको कथामा आधारित चलचित्र ‘लडाइँ पहिचानको’ को ट्रेलर सार्वजनिक गरिएको छ। भीम लामा फिल्म्सको ब्यानरमा निर्माण भएको यो एक्शन–ड्रामा विधाको चलचित्र मंसिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
२ मिनेट ४७ सेकेन्डको ट्रेलरमा कोशी प्रदेश नामाङ्कनपछि सुरु भएको पहिचानको आन्दोलन, त्यससँग जोडिएका संघर्ष, बलिदान, चोट–पीडा र सामाजिक द्वन्द्वलाई भावनात्मक तरिकाले प्रस्तुत गरिएको छ। ट्रेलरले फिल्मको कथा इन्डियन आइडल विजेता प्रशान्त तामाङको चरित्रलाई केन्द्रमा राखेर अघि बढेको संकेत गर्दछ।
चलचित्रमा करिश्मा मानन्धर, धीरेन शाक्य, जेनी घिसिङ, प्रेम सुब्बा, सुरवीर पण्डितलगायत प्रमुख कलाकारको अभिनय देख्न सकिनेछ। साथै किशोर साम्बाहाम्फे, रोशन शर्मा, सुबास योञ्जन, परशुराम चौधरी, शर्मिला राई लगायत कोशी प्रदेशका दर्जनौँ कलाकारहरूको सहभागिताले फिल्मलाई थप स्थानीय रंग दिएको छ।
फिल्मको लेखन तथा निर्देशन भीम लामाले गरेका छन्। निर्मातामा भीम लामा, दिलु सुब्बा लुङ्बा, रामजी बिष्ट र उमेश तामाङ छन्। पटकथा भीम लामा, सरोज केसी र रमेश डी कौशिकको छ।
छायांकन मदन कश्यप घिमिरे, सम्पादन रमेश डी कौशिकले गरेका हुन्। संगीत बलराम समाल, भीम बस्नेत, दिप्सन लिम्बू, शेखर थापा र सागर तामाङले दिएका छन्। एक्सन निर्देशन देव कुमार महर्जनले गरेका छन्। फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल र वितरण अधिकार कुबेर सिने डिस्ट्रीब्युसनले लिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १, बिहीबार १४:२१जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १, बिहीबार ०८:५८एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक » Celebrity Nepal
समाचार२०८३ भाद्र ३१, बुधबार १९:०९दुई सातामै कृष्णभीरमा नयाँ ट्र्याक,पृथ्वी राजमार्ग सञ्चालनमा
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ३१, बुधबार १४:०७स्तन क्यान्सर सचेतनाका लागि असोज १७ मा ‘पिंकवाक २०२६’ आयोजना हुँदै, वसन्तपुरदेखि पाटनसम्म पदयात्रा









