लहानमा कानसम्बन्धी आधुनिक उपचार सेवा सुरु

सिरहा, १ मङ्सिर । लहानमा अब कानसम्बन्धी जटिल समस्या लिएर सङ्घीय राजधानी वा अन्य सहर धाउनुपर्ने बाध्यता हट्दै गएको छ । लहान–३ अस्पताल चोक नजिकै आजदेखि ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’मार्फत आधुनिक उपचार सुरु गरिएको छ ।
लहान नगर प्रमुख महेशप्रसाद चौधरीले स्थानीयस्तरमै उपलब्ध यो सेवाले कानसम्बन्धी उपचारमा खर्च र समय दुवै बचत हुने बताए । उनले भने, “स्थानीयस्तरमै उपलब्ध यो केन्द्रले कानसम्बन्धी उपचारमा नगरवासीलाई ठुलो राहत दिने विश्वास गरेको छु । केन्द्रले सबै वर्गका बिरामीलाई सहज शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउन आवश्यक छ ।”
केन्द्रका अध्यक्ष डा ऋषि भट्टका अनुसार केन्द्रमा आधुनिक प्रविधि र अनुभवी विशेषज्ञहरूको टिममार्फत नियमित सेवा प्रदान गरिनेछ । दूरबिनको सहयोगमा बिनाचिरफार हुने कानका नाजुक शल्यक्रियादेखि जाली टाल्ने, जाली फेर्ने, कानको हड्डी खिइने वा जाम हुने समस्या, कान पाक्ने, कम सुनिने, रिँगटा लाग्नेजस्ता विभिन्न समस्याको उपचार यहाँबाट सहजै पाउन सकिने उनले बताए ।
विपन्न वर्गलाई लक्षित गर्दै केन्द्रले पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बहिरङ्ग सेवामा शत प्रतिशत छुट दिने घोषणासमेत गरेको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:१३महेश, अञ्जना र सुशांकलाई लिएर राजिव गुरुङले घोषणा गरे ‘आशा’
खेलकुद२०८३ असार २६, शुक्रबार ०६:५१फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश









