आर्थिक अभावले उपचार गर्न असमर्थ मगरलाई डा.शर्माले उलब्ध गराए निःशुल्क उपचार

काठमाडौं, ४ मंसिर । मोरङको सुन्दरहरैंचा नगरपालिका–११ सुकुम्बासी बस्तीका भीमबहादुर मगरलाई नेपाली कांग्रेसका युवा नेता पूर्व सांसद डा.सुनिल शर्माले आर्थिक तथा उपचार सहयोग प्रदान गरेका छन्।
केही महिनादेखि क्यान्सर रोगबाट पीडित रहेका मगर आर्थिक अभावका कारण उपचार गर्न असमर्थ थिए। उनी गम्भीर अवस्थामा रहेको खबर पाएपछि डा.शर्माले बिहीबार स्वयम् पुगेर अवस्थाको अवलोकन गर्दै आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
डा.शर्माले तत्कालै नोबेल मेडिकल कलेजका कर्मचारी जय रायलाई निर्देशित गर्दै बिरामीका लागि निःशुल्क खानाबास, उपचार तथा आवश्यक सुविधा उपलब्ध गराउन व्यवस्था मिलाएका छन्। त्यसपछि एम्बुलेन्समार्फत भीमबहादुर मगरलाई नोबेल मेडिकल कलेज, विराटनगर पुर्याइएको छ।
डाशर्माको यस्तो मानवीय सहयोगले केही महिनादेखि उपचार नपाएर पीडामा रहेका मगर र उनका परिवारलाई ठूलो राहत पुगेको छ। प्रतिनिधिसभामा सांसद हुँदा उनले तलबभत्ता नलिने एक मात्र सांसदको उदाहरण कायम गरेका थिए। गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर स्वास्थ्य शिविर सञ्चालन, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरणजस्ता कार्यहरूले उनलाई समाजसेवी नेताको रूपमा अझ उचाइमा पुर्याएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३, बुधबार १५:२१विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सम्पन्न, भदौ २६ मा प्रदर्शन हुने
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ३, बुधबार १२:३७क्यान्सरका अत्यावश्यक औषधिको अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग
खेलकुद२०८३ असार ३, बुधबार ०९:३३पहिलो खेलमै मेसीको ह्याट्रिक « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २, मंगलवार १४:२६छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत « रिपोर्टर्स नेपाल









