दृष्टिविहीन नेपाली महिला टी–२० विश्वकपमा उपविजेता भएको भन्दै प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भई नेपाल र नेपालीको शिर उच्च राख्न सफल टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र अफिसियलसमेतलाई बोलाएर उहाँले पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा इतिहास रचेकोमा बधाई दिएकी हुन् ।
नेपाली खेलकुदकै लागि ऐतिहासिक उपलब्धि र गौरवको विषय भन्दै उनले नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीलाई अझै उत्तरोत्तर प्रगतिको कामना पनि गरे । ‘यो तपाईँहरुको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पका कारण प्राप्त उपलब्धि हो,’ प्रधानमन्त्रीले भनिन्, ‘तपाईँहरु हरेक खेलाडी र अफिसियल यस उपलब्धिको जस पाउनका लागि हकदार हुनुहुन्छ। र, अर्कोपल्ट च्याम्पियन बन्ने गरी लाग्नुहोस्।’
उनले अगाडि भनिन्–‘एकदमै राम्रो कुरा हो। आफ्नै पहलमा यहाँहरुले जुन स्तरको प्रतिभा देखाउनुभयो, त्यो एकदमै सह्राहनीय छ। त्यसमा सरकारले पनि केही लगानी गर्न सकेको अवस्थामा अझै प्रगति हुने रहेछ। सरकारका तर्फबाट के गर्न सकिन्छ, त्यस विषयमा म सम्बन्धित मन्त्रालय र निकायहरुसँग छलफल गर्छु।’
प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेल नेतृत्वको नेपाली टोली हालै श्रीलंकामा भएको प्रतियोगितामा दोस्रो भएको थियो। उनीहरुले साधनस्रोतले सम्पन्न मुलुकका टोलीलाई पनि जितेर दोस्रो हुन सकेको र सरकारको साथ पाएमा च्याम्पियनसमेत बन्न सक्ने बताएको प्रधानमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ ।










लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ३१, आईतवार २०:५०धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ११:४८अष्ट्रेलियाकाे विजयी सुरुआत « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३१, आईतवार ११:१५रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ०९:४५२८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो « रिपोर्टर्स नेपाल








